एनएमबि बैंकद्धारा वृक्षारोपण

काठमाडौँ । एनएमबि बैंकले नागार्जूनस्थित श्यामेश्वर गणेशमान स्मृती सामुदायिक वनमा विभिन्न प्रकारका फलफुलका विरुवा रोपेको छ । बैंकले सामुदायिक वनमा एनएमबिमा ग्रिन फिक्सड डिपोजिट खाता भएका ग्राहकहरुको नाममा विभिन्न प्रजातीका १ सय २५ विरुवा रोपेको हो ।

बैंकले ल्याएको ग्रिन फिक्सड डिपोजिट योजना ग्राहकलाई बैंकले उचित प्रतिफल प्रदान गर्ने मात्र नभई वातावरण संरक्षण र आर्थिक लाभ एकैसाथ प्राप्त गर्न सकिन्छ भन्ने सन्देश दिन बनाएको बैंकले जनएको छ । उक्त कार्यक्रममा सामुदायीक बनका अध्यक्ष अर्जुनराज पुरी, सहायक वन अधिकृत श्रीमती सरस्वति अर्याल, बैंकका कर्मचारीहरु लगायत सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *