ज्योतिको जहरसिंपौवामा विस्तारित काउन्टर
काठमाडौँ । ज्योति विकास बैंकले साखुशाखा अन्तर्गतको जहरसिंपौवा विस्तारित काउन्टरको औपचारिक उद्घघाटन गरेको छ । बैंकको संजाल थप सुदृढ गर्ने क्रममा बैंकले काठमाडौंमा नयाँ विस्तारित काउन्टरको औपचारिक सुरुवात गरेको हो । जहरसिंपौवा विस्तारित काउन्टरको समुद्घघाटन शंखरापुर नगरपालिका वडा नं.०३ का वडा अध्यक्ष सुर्य बहादुर तामाङ र बैंकका अध्यक्ष हरि चन्द्र खड्काले संयुक्त रुपमा गरेका थिए ।
विस्तारित काउन्टर उद्घघाटनको अवसरमा बैंकले जहरसिंपौवा विस्तारित काउन्टरका ग्राहकहरुको निमित्त शुन्य मौज्दातमै क्युआर कोड, निः शुल्क डलर कार्ड जारी, निः शुल्क डिम्याट खाता, निस्शुल्क मेरोसेयर रजिस्ट्रेशन, निः शुल्क डेबिट कार्ड, निः शुल्क मोबाईल बैंकिंग सेवा, निः शुल्क इन्टरनेट बैंकिंङ सेवा, सबै मुद्दती निक्षेपहरुमा मासिक ब्याज भुक्तानी ,कर्जा सेवा शुल्कमा ०.२५ प्रतिशत छुट लगायत विभिन्न सुविधाहरु प्रदान गर्ने भएको छ ।