सुनको मूल्य ५०० रुपैयाँले बढयो

काठमाडौं ।  सुनको मूल्य बिहीबार तोलामा ५०० रुपैयाँले वृद्धि भएको छ । बुधबार प्रतितोला ९७ हजार ५०० रुपैयाँ रहेको सुनको मूल्य बिहीबार बढेर प्रतितोला ९८ हजार रुपैयाँमा नेपाली बजारमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी संघले जनाएको छ । 

तेजाबी सुनको मूल्य तोलामा ५०० रुपैयाँले वृद्धि भई ९७ हजार ५०० रुपैयाँमा किनबेच भइरहेको छ । त्यस्तै चाँदीको मूल्य स्थिर छ । बुधबार प्रतितोला एक हजार २८० रुपैयाँ रहेको चाँदी बिहीबार पनि सोही मूल्यमा नेपाली बजारमा कारोबार भइरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *