गुल्मीमा जेसिबी दुर्घटना, चालकको मृत्यु

काठमाडौँ । गुल्मीमा जेसिबी दुर्घटना चालकको मृत्यु भएको छ । ज्यान गुमाउनेमा दाङ घर भइ शान्तिनगर गाउँपालिका-१ खिलतपुर बस्ने करिब ३३ वर्षीय चालक यज्ञ वली रहेका छन् । बिहीबार राति करिब ९ बजेतिर गुल्मीको छत्रकोट-२ पल्लीकोटको रातापानी भन्ने ठाउँमा लु१क ४७७१ नम्बरको जेसिबी दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

जेसिबी राति छत्रकोटको रातापानी भन्ने स्थानबाट लुम्छातर्फ आउने क्रममा दुर्घटनामा परेको हो । दुर्घटना राति भएकाले स्थानीयले शुक्रबार बिहान ९ बजेतिर देखेर प्रहरीलाई खबर गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *