समीकरण फेर्ने कसरत जारी ओली ज्योतिषीको शरणमा, देउवाको आफ्नै चाल
काठमाडौँ । गत बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनको मतपरिणाम सार्वजनिक भएसँगै हालको सत्ता समीकरणको विषय चर्चा रहेको छ । स्थानीय निकायको निर्वाचनमा अत्यधिक बहुमत पालिका जित्ने भनी हुँकार देखाउँदै आएको नेकपा (एमाले) ले हल्ला गरे अनुसारको परिणाम ल्याउन सकेन । एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले अन्य दल तथा गठबन्धनमा रहेका दलहरुको अस्तित्वलाई रत्तिभर स्वीकार नगरी फुर्ती लगाएका थिए ।
ओलीको अहम् र दुर्वाच्यका कारण पनि एमाले पहिले अर्थात २०७४ को स्थानीय निर्वाचनको परिणामभन्दा पनि खुम्चिन पुगेको छ । आफ्नो पुरानो विरासतलाई समेत जोगाउन नसकेको एमाले तथा त्यसका अहंकारी अध्यक्ष ओलीको फुर्ती मतपरिणाम सार्वजनिक भएसँगै मत्थर हुँदै गएको बताइन्छ । स्थानीय निर्वाचनको दौरान सबैजसो स्थानहरुमा सत्तारुढ दलहरु एक ठाउँमा रही गठबन्धन गरी निर्वाचनमा होमिने सहमति बनेको थियो । यसैगरी महानगरपालिका र उपमहानगरपालिकामा सत्तारुढ दलहरुले केन्द्रीय स्तरमै घोषणा गरेर गठबन्धनको निर्यण गरेका थिए । त्यस्तो निर्णय भए पनि कतिपय स्थानहरुमा सत्तारुढ दलहरुले स्थानीय तहमा गठबन्धन नगरी निर्वाचनमा होमिएका थिए ।
गठबन्धनको अवस्थालाई हेर्दा करिब ३० प्रतिशत स्थानहरुमा मात्र सत्तारुढ दलहरुले गठबन्धन त्यो पनि आवश्यकता अनुसार केही दलहरुका बीचमा भएका थिए । त्यस्तो अवस्थामा पनि गठबन्धन भएका अधिकांश स्थानहरुमा गठबन्धनकारी दलहरुले सकारात्मक निर्वाचन परिणाम ल्याएका भनी तथ्यांकहरुले देखाएका छन् । यस्तो अवस्थामा ओलीका लागि निर्वाचनका दौरान आपूmद्वारा व्यक्त अभिव्यक्तिहरु निर्वाचन परिणामपछि गलपासो जस्तै बन्न पुगेको देखिन्छ । मतगणना सार्वजनिक हुँदाका बखत दुलो पसेको अवस्थामा रहेका ओली पछिल्लो समय भने वर्तमान सत्तारुढ गठबन्धनलाई भत्काउनका लागि क्रियाशील देखिएका छन् । गठबन्धन भएका कतिपय स्थानहरुमा समेत गठबन्धनकारी दलहरुले सोचेजस्तो परिणाम ल्याउन नसकेको कुरालाई आधार बनाउँदै ओली असन्तुष्टहरुलाई आफ्नो पक्षमा पार्न लागि परेका छन् ।
निर्वाचन परिणामलाई विश्लेषण गर्दै ओलीले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग भेट गरी गठबन्धन भत्काउन प्रयास थालेका थिए । यसैगरी निर्वाचन परिणाम अपेक्षाकृत नभएको भनी असन्तुष्टी जाहेर गरेको नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाइदिने भन्ने आश्वासन सहित हालको गठबन्धन भत्काउन ओलीले आफ्ना चाटुकारहरुलाई नेता नेपालसँग पु¥याएको खबर पनि काठमाडौँ÷। गत जेठ २२ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका पाँचजना डिआइजी (प्रहरी नायब महानिरीक्षक) हरुलाई एआइजी (प्रहरी अतिरिक्त महानिरीक्षक) मा बढुवा गरेको छ । गृह मन्त्रालयको बढुवा समितिको बैठकले सिफारिस गरेका पाँचजना डिआइजीहरु एआइजीमा बढुवा भएका हुन् । उता, एआइजी विश्वराज पोखरेलले आइजिपी बढुवामा आपूmविरुद्ध अन्याय भएको भन्दै दायर गरिएको रिट सर्वोच्च अदालतले यही जेठ ३० गते हेर्दैछ । सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक पदमा बहाली गरिसकेका धीरजप्रताप सिंहकै पक्षमा न्याय गर्ने जानकारहरुले बताएका छन् ।
यस्तो अवस्थामा एआइजी पोखरेलले कि सिंहकै मातहतमा बसेर जागिर खाने नत्र राजीनामा गर्नुको विकल्प नहुने चर्चा चलेको छ । यता, डिाइजीबाट एआइजीमा बढुवा भएकाहरुमा १ नम्बरमा उत्तम सुवेदी, दोस्रोमा अरुणकुमार बीसी, तेस्रोमा दिवेश लोहनी, चौथोमा मुकुन्दराज आचार्य र पाँचौँमा पूजा सिंह छन् । रिक्त एआइजी पदमा बढुवा भएपछि आइजिपी सिंहले प्रहरीमा व्यापक हेरेफेरको तयारी थालेको प्रहरी सूत्रले ताएको छ । प्रहरीको रिक्त डिआइजीका १७ पदमा २७ जना एसएसपीले तीव्र प्रतिस्पर्धा गर्दैछन् । डिआइजीमा बढुवाका लागि नेताको घर धाउनेको अभिलेख राखिने उद्घोष गरेका आइजिपी सिंहको आँखा छलेर एसएसपी सन्दीप भण्डारी, उमेशराज जोशी, श्याम ज्ञवाली, दीपक थापा, रामदत्त जोशी र अशोक सिंहलगायत लिगलिगे दौडधूपमा शक्तिकेन्द्र धाउने गरेको समाचार स्रोतले बताएको छ ।
हाल नेपाल प्रहरीको अधिकांश विभाग निमित्तको भरमा चलेकाले आइजिपी सिंहले त्यसलाई पूर्णता दिने तयारीमा जुटेका छन् । एसएसपीहरु डिआइजीमा बढुवा भएपछि रिक्त ३१ पदमा एसपीहरुको दौड शुरु काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले सडक सडक विभागको महानिर्देशकमा दोहोरिए थापा इम्बोस्ड नम्बर प्लेटमा विभाग झुक्यो विभगको महानिर्देशकमा मन्त्रालयको निर्माण महाशाखामा कार्यरत प्राविधिक सहसचिव (सु. इ.) अर्जुनजंग थापालाई नियुक्त गरेकी छिन् । थापा गत २०७८ साल पुस १४ गते विभागको महानिर्देशकबाट १० महिनामा मन्त्रालय सरुवा भएका थिए । थापालाई गत २०७९ बैशाख १८ गते अनिवार्य अवकाश भएका शिवहरि सापकोटाले डिजी बनेर हटाएका थिए । ललितपुर/ इम्बोस्ड नम्बर प्लेटलाई आगामी साउनदेखि अनिवार्य लागू गर्ने निर्णय गरेको यातायात व्यवस्था विभाग झुकेको छ । विभागले विना तयारी उक्त निर्णय गरेको भन्दै चौतर्फी आलोचना तथा विरोध भएपछि विभागले १ मंसिर २०७८ देखि दर्ता भएका सवारीसाधनमा मात्रै इम्बोस्ड नम्बर प्लेट अनिवार्य रहेको जनाएको छ ।
विभागले १ साउनबाटै सडकमा गुड्ने सबै सवारीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य नभएको स्पष्ट पारेको छ । विभागले मंगलबार विज्ञप्ति जारी गर्दै २२ कात्तिक २०७८ को राजपत्रमा प्रकाशित सूचनाबमोजिम ज–जसले इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नुपर्ने थियो, ती सवारीमा यस्ता प्लेट जडान भएका छन् वा छैनन् भन्ने कुरामा अनुगमन गर्नुपर्ने देखिएको भनी विभागले जनाएको छ । विभागद्वारा जारी विज्ञप्तिमा ‘इम्बोस्ड सार्वजनिक भएको थियो । उक्त कुरा नेता नेपालले सार्वजनिक गर्नासाथै भएको नेकपा (माओवादी केन्द्र) को एक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि आपूmलाई प्रधानमन्त्रीको प्रस्ताव आएको बताएका थिए । सानो कुरामा हौसिने स्वभावका दाहालले उक्त कार्यक्रममा आप्mना दलबाट जितेका जनप्रतिनिधिहरुलाई सम्बोधन गर्दै निर्वाचन परिणामलाई लिएर नेपाली कांग्रेसले पनि दम्भ देखाएको खण्डमा उसको हालत पनि एमालेको जस्तै बनाइदिन सक्ने शक्तिको रुपमा माओवादी केन्द्र रहेको बताए ।
दाहालको भनाइबाट ओली हौसिन पुगेका थिए । उनले गठबन्धन टुटाउनका लागि दाहाल र नेपाल उपयोगी पात्र हुन सक्ने विश्लेषण गर्दै उनीहरुलाई आफ्नो पक्षमा लतार्नका लागि प्रयास जारी राखेका थिए । ओलीको चाललाई थप बल पुग्ने गरी एकीकृत समाजवादीमा देखिएको मन्त्री विवादले काम गरेको थियो । उक्त दलका अध्यक्ष माधवकुमार नेपालले आफ्ना दलबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुलाई हटाएर उनीहरुको ठाउँमा नयाँ मन्त्रीहरु नियुक्ति गर्ने निर्णय भएको भनी नामको सूची प्रधानमन्त्री शेरबहादुर देउवालाई थमाएका थिए । हट्ने मन्त्रीहरुलाई आफ्नो पक्षमा ल्याउन सकिने सोँचका साथ ओली सल्बलाएको अवस्थामा देउवालाई ती मन्त्रीहरु भेट्न पुगेका थिए । मन्त्रीहरुले अहिले बजेट सम्बन्धि बहस चलिरहेको स्थितिलाई जानकारी गराउँदै बजेटको विषयमा आफ्नो मन्त्रालयको बारेमा जबाफ दिनुपर्ने अवस्था रहेकाले अहिले मन्त्री परिवर्तन गरिनु ठीक नहुने भनी सुझाएका थिए । परिस्थितिलाई ख्याल गर्दा देउवा पनि उनीहरुको कुरामा सहमत देखिए ।
देउवाले उनीहरुलाई नहटाई काम गर्न भने भने नेता नेपाललाई पनि बजेट पारित नहुँदासम्म मन्त्रीहरु परिवर्तन गर्न नहुने भनी बुझाए । यस्तो स्थितिमा ओली निराश भएर बसेको अवस्था छ । राजनीतिक रुपमा दाउपेच गर्न नसकेका ओली पछिल्लो समयमा ज्योतिषीको भनाइमा लागी नेपालको राजनीतिमा खेल्ने प्रयासमा रहेका देखिएको छ । एक टेलिभिजनको कार्यक्रममा ओलीले आगामी असार १७ गते नेपालको राजनीतिमा ठूलो उथलपुथल हुने दाबी गरे । उनले आपूm ज्योतिष नभए पनि ज्योतिषमा विश्वास गर्ने देउवालाई ज्योतिषलाई हेर्न लगाउन आग्रह पनि गरेका छन् । ओलीको कुरालाई सुन्दा उक्त दिन नेपालमा राजनीतिक दलका समीकरणहरु परिवर्तन हुने, खम्बाहरु यताको उता पुग्ने जस्ता कुरा आएका छन् ।
त्यसो त ओलीका पिता नै आपूmलाई ज्योतिष भन्दै हिंड्ने गरेका छन् । उनले समेत बिगतमा ज्योतिषीय कुरा गरी नेपालको राजनीतिको बारेमा टिप्पणी गर्ने गरेका थिए । ओलीले आफ्नै पिता वा अन्य कुनै ज्योतिषीको सहारामा हो वा आफैं ज्योतिष बनेर हो त्यस्तो कुरा गरे पनि त्यसको परिणाम हेर्नका लागि पर्खिनु पर्ने हुन्छ । उता, कर्ममा बढी विश्वास गर्दै आएका देउवाले भने हालको सत्ता गठबन्धनलाई टिकाइराख्नका लागि प्रयासहरु जारी राखेका छन् । देउवा अहिलेको गठबन्धनलाई टिकाउने भन्ने कुरामा आप्mनो दलमा मतैक्यता नभए पनि लागि रहेका छन् । देउवाको पछिल्लो ध्याउन्न भने जसरी पनि गठबन्धन टिकाएर आसन्न प्रदेश तथा संघीय निर्वाचनमा होमिने रहेको देखिन्छ ।
देउवाले पछिल्लो समय अन्य दलहरुलाई एमालेसँग जोडिन नदिने वातावरण बनाएर कांग्रेसलाई फाइदा पु¥याउँदै आएका छन् । एमालेका ओलीले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई आफ्नो पक्षमा पार्ने प्रयास गरेको थाहा पाउनासाथ देउलाले पनि ओलीलाई ‘काउन्टर’ दिएका छन् । देउवाले जसपाको विकल्पका रुपमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) लाई आफ्नो साथमा देखाउने प्रयास गरिरहेका छन् । लोसपाले समेत देउवालाई भेटी आफ्नो दलका तर्फबाट केही मागहरु राखी ज्ञापनपत्र बुझाएको छ । लोसपाको यो कार्यलाई राजनीतिक वृत्तमा उक्त दल सरकारमा सामेल हुने संकेतको रुपमा बुझिएको छ ।
गत स्थानीय निर्वाचनमा लोसपाले ओलीको दल एमालेलाई साथ दिएका कारण पनि देउवाले लोसपालाई पनि आफ्नै साथमा राख्न चाहेको हो । जसपा सरकारमा रहे वा नरहे पनि देउवा आफ्नो नेतृत्वको सरकारलाई बलियो पार्ने पक्षमा देखिएका छन् । देउवाको यो चाहनासँगै कांग्रेस आगामी निर्वाचनमा पहिलो शक्तिको रुपमा उदाउने तथा एमाले झनै खस्किने अवस्था आउने भएका कारण पनि उनी यसमा प्रयासरत रहेको बताइएको छ ।