तरकारी र फलफूलको आजको मूल्य कस्तो रहेको छ ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिल तरकारी र फलफूलको थोक मूल्य सार्वजनिक गरेको छ । रातो आलु न्यूनतम ४२ रुपैयाँ प्रतिकेजी तोकिएको छ भने मुडेको आलु ३८ रुपैयाँ प्रति केजी रहेको छ । सेतो मुला लोकल ३० रुपैयाँ प्रतिकेजी, हाइब्रिड भने ५० रुपैयाँ रहेको छ । समितिका अनुसार स्थानीय ज्यापु काउली ५० रुपैयाँ केजी रहेको छ ।

लाम्चो भण्टा १५ रुपैयाँ केजी, तने बोडी ५० रुपैयाँ प्रतिकेजी, सुकेको प्याज ३६ रुपैयाँ, घिउसिमी ४० रुपैयाँ, तितेकरेला २० रुपैयाँ रहेको छ । रुखकटहर ४०, काक्रो ३५ रुपैयाँ, हरियो खुर्सानी ४०, हरियो धनियाँ ५० रुपैयाँ प्रतिकेजी रहेको छ । खुद्रा बजारमा यो मूल्य सूचीभन्दा फरक मूल्य पनि पर्न सक्नेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *