प्रभु बैंक र मणिग्राम विश्राम वाटिकाबिच आकर्षक छुट गर्ने सम्झौता

काठमाडौँ । प्रभु बैंक लिमिटेड र मणिग्राम विश्राम वाटिका प्रा.लि.मा आकर्षक छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट मणिग्राम शाखा कार्यालयका प्रमुख सन्तोष खत्री र मणिग्राम विश्राम वाटिका प्रा.लि.का तर्फबाट निर्देशक गिरीशमणि आचार्य दीक्षितद्घारा उक्त सम्झौतामा हस्ताक्षर गरेका थिए । प्रभु बैंक र मणिग्राम विश्राम वाटिका प्रा.लि. बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका ग्राहक महानुभावहरुले मणिग्राम विश्राम वाटिका प्रा.लि.द्धारा सञ्चालित होटलमा फुडमा १० प्रतिशत र लजिङ्ग सुविधामा १५ प्रतिशत छुट प्राप्त हुने भएको छ ।

उतm सम्झौता अन्तर्गत मणिग्राम विश्राम वाटिका प्रा.लि.मा सुविधा लिन चाहने प्रभु बैंककाग्राहक महानुभावहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्यु आरर पीओएस मेसिन च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा,मणिग्राम विश्राम वाटिका प्रा.लि का सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । यस सम्झौताबाट बैंकका ग्राहकहरु लाभान्वित हुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *