होण्डाले ल्यायो मनसुन अफर

काठमाडौं । स्याकार ट्रेडिङ कम्पनीले ‘होण्डा मनसुन एक्सचेन्ज’ नामक आकर्षक उपहार योजना ल्याएको छ । यस योजना अन्तर्गत प्रत्येक होण्डा मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्दा ७ हजारसम्मको एक्सचेन्ज बोनस तथा ४ हजार सम्मको क्यासब्याक पनि हात पार्न सकिनेछ ।

यति मात्र नभएर यस योजनामा फ्री चेकअप र टेस्ट राइडको पनि व्यवस्था रहेको कम्पनीले जनाएको छ । कम्पनीले यस योजना असार ५ गते देखि असार १० गतेसम्म मात्रै लागू हुने बताएको छ ।यस योजनामा उपत्यकाभित्रका ग्राहकहरुको लागि मात्र भएको कम्पनीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *