असनमा सेञ्चुरी बैंक

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले काठमाडौंको असन बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

बैंकका संचालक समिति सदस्य प्राडा. गिता प्रधान र असन, वडा नं. २५ का वडा अध्यक्ष राजेश डंगोलले असन शाखाको संयुक्त रुपमा समुद्घघाटन गरी सेवा शुभारम्भ गरे । असन शाखा संचालनमा आएपछि उपत्यका भित्र बैंकको शाखा संख्या २८ पुगेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *