भलिबलको पूर्वाधार विकासमा जोड दिन खेलप्रेमीहरूको सुझाव

काठमाडौँ । राष्ट्रिय खेल भलिबलको पुर्वाधार विकासमा सरकारले लगानी बढाउनु पर्ने खेलप्रेमीहरूले सुझाव दिएका छन् । बुटवलमा शनिबार सम्पन्न लुम्बिनी प्रदेश भलिबल संघको प्रथम साधारण सभा तथा अधिवेशनमा सहभागीहरूले खेल विकासमा सरकारको लगानी बढाउन सुझाव दिएका हुन् ।

लुम्बिनी प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव जयप्रकाश भट्टराईले सरकारका संरचनाहरू संघीयतामा अघि बढ्दै गर्दा खेलकुद संघीय संरचनामा जान नसक्नु दुःखद् भएको बताए । संघीय सरकारको मातहतमा रहेका संरचनामा रहँदा प्रदेशका धेरै खेलकुद गतिविधि अघि बढ्न नसकेको उनको भनाइ छ । नीतिगत रुपमा ऐन संशोधन गरेर संघीय संरचनामा पुनःसंरचना गर्न जरुरी रहेको उनले बताए । भलिबललाई प्राथमिकता राख्दै प्रदेशमा राष्ट्रियस्तरको स्टेडियम र प्रतियोगिताहरू आयोजनाका लागि प्रदेश सरकारको बजेटमा सम्बोधन भएको उनलेघ बताए ।

साबिक मध्यपश्चिमान्चल भलिबल संघका अध्यक्ष देवेन्द्र बैरागीले खेलमा राजनीतिको प्रभाव देखिन नहुने भन्दै व्यक्तिको क्षमता र दक्षताका आधारमा खेलको नेतृत्व आउनुपर्ने सुझाव दिए । कार्यक्रममा केन्द्रीय उपाध्यक्ष निरोज मास्के, केन्द्रीय सदस्य किशोर आचार्यले भलिबल खेल विकास गर्न सबैको सहयोग जरुरी रहने बताए । भलिबल खेललाई व्यवसायिक बनाउँदै खेल र खेलाडीको विकासमा लाग्नुपर्ने उनीहरूले सुझाव दिए ।

कार्यक्रममा सचिव भीम वलीले प्रदेश संरचना नयाँ हुँदा केही कठिनाई देखिएको बताए । यसलाई सुधार गर्दै अघि बढ्ने उनले बताए । प्रदेश परिषद् अन्तर्गत रहेर जिल्ला र खेल सम्बन्ध संघसंस्थाहरूलाई समेट्ने गरी अघि बढेको बताए । लुम्बिनी प्रदेशका ११ जिल्ला संघको अधिवेशन सम्पन्न भैसकेको उनले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *