भण्डारखाल बगैंचामा बृहत बृक्षारोपन कार्यक्रम सप्पन्न

काठमाडौ । बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री श्री दीपेन्द्र श्रेष्ठको प्रमुख अतिथ्यतामा विजयचोक युवा क्लब, प्रस्तावित भण्डारखाल बगैंचा ब्याट्मिन्टन क्लब (B3-Club) , पशुपति विकाश कोष डिबिजनल बन कार्यलय, हाम्रो सुनौलो बचत तथा ऋण सहकारी सस्था लि. तथा मे.स. कृष्ण ध्वज राणा अम्बर कुमारी राणा स्मृतिको सयुक्त आयोजनामा भण्डारखाल बगैंचा प्राङ्गणमा असार ११ गते बृहत बृक्षारोपन कार्यक्रम सम्पन्न भयो ।बिभिन्न जातका करिव ३०० वटा बोटबिरुवा बृक्षारोपन गरिएको थियो ।

रोपिएका बोटबिरुवालाई बादर र गाईबस्तुबाट जोगाउन बिरुवा नहुर्किउञ्जेलसम्मलाई फलामे तारजालीले संरक्षण गरिको छ । बोटबिरुवालाई नियमित पानीको सिंचाई र बेला बेलामा मलखाद्यको प्रबन्ध पनि माथिका आयोजक संस्था र क्लबले मिलाउने व्यवस्था गरिएको बृहत बृक्षारोपन कार्यक्रमका सयोजक तथा भण्डारखाल बगैंचा ब्याट्मिन्टन क्लबका प्रमुख सुनिल आमात्यले बताउनु भयो । बृक्षारोपन त गरिन्छ तर रोपिएका बोटबिरुवा हुर्काउने तर्फ कसैको ध्यान गएको देखिदैन । अझ भनौ बोटबिरुवा रोपिएको दुईदिन पछि हेर्न जादा बोटबिरुवा कहाँ रोपिएको थियो भनेर भन्न नसकिने गरि गरिएको बृक्षारोपन कार्याक्रम भन्दा हिजो भण्डारखाल बगैचामा गरिएको बृहत बृक्षारोपन कार्यक्रममा रोपिएका बोटबिरुवा संरक्षण गर्ने हिसाबले पृथक र ब्यवस्थित् थियो । बोटबिरुवा रोप्ने मात्र होइन रोपिएका बोटबिरुवा हुर्काउने उद्देश्यले भएको हिजोको वृक्षारोपण कार्यक्रम धेरे हिसाबले ब्यवस्थित र अब्बल थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *