गरिमा विकास बैंक र स्मार्टच्वाइसबीच सम्झौता

काठमाडौं । गरिमा विकास बैंक र स्मार्ट च्वाइस टेक्नोलोजिजवीच एससीटी–युपीआई डेबिट कार्डमार्फत भुक्तानी सेवा दिने सम्झौता भएको छ । सम्झौतापत्रमा स्मार्टका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र गरिमाका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले हस्ताक्षर गरे ।

नेपाल राष्ट्र बैंकको नीति र निर्देशन अनुरुप समग्र भुक्तानी प्रणालीमा नगदको भौतिक प्रयोगलाई कम गर्दै विद्युतीय कारोबारलाई बढावा दिने उद्देश्यले स्मार्टसँग सहमति गरिएको ढकालले बताए । सम्झौतापछि स्मार्ट र गरिमावीच एससीटी–युपीआई डेबिट कार्ड प्रयोगको क्षेत्रमा सहकार्य हुनेछ । बैंकले आफ्ना ग्राहकलाई भुक्तानी कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्रदान गर्न सहजता प्राप्त गर्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *