जिपी कोइराला नाममा विश्वविद्यालय स्थापना गर्नुपर्छ : उद्योगमन्त्री बडू

काठमाडौँ । आज जिपी कोइराला कलेजद्वारा आयोजना गरेको स्व: प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका नाममा ९९औं जन्मजयन्तीका अवसर कार्यक्रममा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले गिरिजाप्रसाद कोइरालाका नाममा विश्वविद्यालय स्थापना गर्नुपर्नेमा जोड दिएका छन् । यहाँ ‘गिरिजाप्रसाद कोइराला शान्ति कोष’ स्थापना कार्यक्रममा उनले आदर्शका प्रतिक गिरिजाबाबुको नाममा विश्वविद्यालय स्थापना गर्नुपर्ने बताएका छन् ।

“विभिन्न नेताहरुको नाममा विश्वविद्यालय स्थापना भएका छन्, शान्ति प्रक्रियाका नायक गिरिजाबाबुको नाममा पनि जिपी कोइराला विश्वविद्यालय स्थापना हुनुपर्छ”, मन्त्री बडूले भने, “जिपी कोइराला विश्वविद्यालय निर्माणका लागि सरकार सहयोग गर्न तयार छ ।”

सोही अवसरमा ‘गिरिजाप्रसाद कोइराला शान्ति कोष’ स्थापना गरी सोही कोषबाट गिरिजाप्रसाद कोइराला शान्ति पुरस्कार वितरण गरिने जानकारी दिइएको थियो । कार्यक्रममा कलाकार राधिका हमाल, वडा अध्यक्ष, कलेज प्रमुख र शिक्षक शिक्षिका लगाएत विद्यार्थिहरुको उपस्थित थियो । कलेजमा अध्ययनरत विद्यार्थीको प्रस्तुति समते रहेको थियो । तेसै विद्यलबाट स्नातोकोतर पास गरेका विद्यार्थीलाई पुरस्कारसमेत प्रदान गरिएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *