माओवादी केन्द्रिय समितिमा प्रचण्डका छोरी–ज्वाँई पनि

काठमाडौं । नेकपा माओवादीको केन्द्रिय समितिमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरी ज्वाँईसमेत अटाउन सफल भएका छन् । आइतवारदेखि काठमाडौंमा सुरु भएको केन्द्रिय समितिको तेस्रो पूर्ण बैठकबाट सार्वजनिक गरिएको केन्द्रिय सदस्यको नामावलीमा अध्यक्ष प्रचण्डका कान्छी छोरी गंगा दाहाल र ज्वाई जीवन आचार्य अटाउन सफल भएका हुन । 

सूचीको ३ सय १३औं नम्बरमा गंगा दाहाल र ३१८औँ नम्वरमा ज्वाई आचार्य उल्लेख गरेर थप केन्द्रिय सदस्यको नाम सार्वजनिक गरिएको छ । प्रचण्डका भाई नारायण दाहाल, छोरी रेणु दाहाल र सम्धी चुणामणी खडका यसअघि नै केन्द्रिय समितिमा अटाएका थिए । 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *