कामना सेवा विकास बैंकको डीसीईओमा दाहाल


काठमाडौं । कामना सेवा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा विनय दाहाल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले उनलाई डीसीईओमा नियुक्त गर्ने निर्णय गरेको हो
नवनियुक्त डीसीईओ दाहालसँग बैंकिङ्ग क्षेत्रमा करिब ३ दशक लामो कार्य गरेको अनुभव छ । विगत ५ वर्षदेखि एनएमबि बैंकको उच्चतहमा रही काम गर्दै आएका दाहालले पछिल्लो २ वर्षदेखि बैंकको व्यापार तथा योजना प्रमुखको जिम्मेवारी वहन गर्दै आएका थिए । उनले एनआईसी एशिया बैंक तथा नबिल बैंकसँग आबद्ध भएर पनि काम गरी सकेका छन् । बैंकिङ्ग क्षेत्रमा लामो अनुभव संगालेका दाहालले बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको भूमिका सफलतापूर्वक निर्वाह गरी बैंकलाई थप उचाइमा पुर्याउने बैंकले विश्वास लिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *