नेपाल बैंकको एक्सटेन्सन काउन्टर सेनाको जङ्गी अड्डामा


काठमाडौं । नेपाल बैंकले नेपाली सेनाको जङ्गीअड्डामा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । कम्पनीले सैनिक कल्याणकारी महानिर्देशनालय जङ्गीअड्डा भद्रकाली काठमाडौँमा आफ्नो नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो ।
एक कार्यक्रमको आयोजना गरी नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र नेपाली सेनाका विग्रेडियर जनरल विजय थापाले संयुक्त रूपमा उक्त एक्सटेन्सन काउन्टरको उद्घघाटन गरेका थिए । सो अवसरमा नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विश्वराज बराल, बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुनबहादुर कंडेल, सैनिक शाखाका शाखा प्रबन्धक कृष्णहरि गौतम एवम् नेपाली सेनाका उच्च अधिकृतहरूको समेत सहभागिता रहेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *