सिजीले ल्यायो इन्टरनेटबाट चलाउन सक्ने उपकरण


काठमाडौं । सिजीले मेरिडिया सिग्नेचर सिरिजअन्तर्गत इन्टरनेटको माध्यमबाट चलाउन सक्ने विविध प्रिमियम विद्युतीय उपकरणहरू बजारमा ल्याएको छ । सिजीले आइओट इन्टरनेट अफ थिङ्स सुविधासहितको प्रिमियम मल्टीडोर तथा साईड बाई साईड रेफ्रिजेरेटर र एसी बजारमा ल्याएको हो । कम्पनीले ल्याएको उपकरणहरू इन्टरनेटसँग जोडेपछि जहाँबाट पनि चलाउन सकिने जनाएको छ । यी आइओटी प्रोडक्टहरुलाई अब एउटा सिजी स्मार्ट होम एपमार्फत् सजिलै चलाउन सक्ने कम्पनीको भनाइ छ । जसमा यी प्रोडक्टहरु एक अर्कासँग इको स्टिमको तरिकाले जोडिएका हुन्छन् । आइओटी सुविधाको साथ अब ग्राहकले आफ्नो घर र कोठा घरबाहिर भएको बेला पनि चाहिएको अनुसार तापक्रममा कोठालाई न्यानो वा शीतल बनाउन सक्नेछ । रेफ्रिजेरेटरलाई पनि कन्ट्रोल गर्न सकिने कम्पनीले उल्लेख गरेको छ । कम्पनीले रेफ्रिजेरेटरमा १० बर्षको वारेण्टी मोटरमा र एसीमा ५ वर्षको वारेन्टी कम्प्रेसरमा पनि दिएको छ । यी उपकरणहरूको साथ ग्राहकहरूको जीवन अब अझ सुविधायुक्त, सहज, स्मार्ट र प्रभावकारी हुने कम्पनीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *