तिलिचो तालमा विद्युत् पुर्याइँदै   

मनाङ, हिमाली जिल्ला मनाङको ३३ केभी स्यार्कु सवस्टेशनले तिलिचो तालमा विद्युत् पु¥याउने भएको छ । विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल वेस क्याम्प र थोराङ्ला हाई क्याम्पसम्म चालु आर्थिक वर्ष ०७९/८० मा केन्द्रीय लाइनको विद्युत् पुर्याइने भएको हो ।    
    
 गत वर्ष बाढीपहिराले क्षति पुर्याइको राष्ट्रिय प्रसारण लाइनको मर्मत सकिएर चार्ज भएको नेपाल विद्युत् प्राधिकरण मनाङ वितरण केन्द्रका प्रमुख मिलन सुवेदीले जानकारी दिनुभयो । विद्युत् प्राधिकरणले तिलिचो तालसम्म विद्युत् पु¥याउने योजना पूरा गर्ने उहाँले बताउनुभयो । उहाँका अनुसार हालै मात्र पोल, तारलगायत सबस्टेशनमा चार्ज भएपछि विद्युत् सेवा प्रवाह भएको छ ।    
    
 “क्षति पुगेको एक वर्षपछि मर्मत भएपछि नेपाल विद्युत् प्राधिकरणको ३३ केभी सबस्टेशनमार्फत सेवा प्रवाह गरिएको छ । अब मनाङवासीलाई विद्युत्को पहुँचमा पु¥याउन सफल हुनेछौँ,” सुवेदीले भन्नुभयो । गत वर्षको बाढीपहिराले बिजुलीको पोल, तार पुरिनाका साथै बाढीले क्षति पु¥याएपछि जिल्लामा विद्युत् आपूर्ति अवरुद्ध भएको थियो ।    
    
 “नेपाल विद्युत् प्राधिकरणको ३३ केभी सबस्टेशनमा चार्ज भएको छ । अबदेखि निरन्तर विद्युत् सेवा प्रवाह हुन्छ,” उहाँले भन्नुभयो । लघु जलविद्युत्को भरमा रहेको हिमाली जिल्ला मनाङमा राष्ट्रिय प्रसारण लाइनबाट पहिलो पटक चामे सदरमुकामसम्म विद्युत् सेवा प्रवाह भएको थियो । जिल्लामा पहिलो पटक विसं २०७७ मा केन्द्रीय प्रसारण लाइन जोडिएको थियो ।    
    
 राष्ट्रिय प्रसारण लाइनसहित अन्य लघु जलविद्युत्मा समेत बाढीपहिराले क्षति पु¥याउँदा मनाङ एक वर्षदेखि टुकीको भरमा छ । बाढीपहिराले प्रसारण लाइनमा रु साढे तीन करोडको क्षति पु¥याएको थियो । विसं २०७७ को फागुनमा पहिलो पटक नेपाल विद्युत् प्राधिकरणको ३३ केभीको राष्ट्रिय प्रसारण लाइन मनाङ विद्युत् सेवा प्रवाह भएको थियो । तर केन्द्रको लाइन प्रसारण भएको पाँच महिनामा नै बाढीपहिराले क्षति पु¥यायो ।    
    
 हिमाली जिल्ला मनाङ विकट भएकाले पनि मर्मत कार्यमा अलि बढी ढिलाइ भएको प्रमुख सुवेदीले जानकारी दिनुभयो । राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा प्रवाह भएसँगै अब जिल्लामा सरकारी कार्यालयका साथै यस प्रसारण लाइनको विद्युत् सेवा जडान भएका क्षेत्रमा सहज रुपमा विद्युत् प्रवाह भएको छ । जिल्ला अस्पताल मनाङमा विद्युत् अभावका कारण विभिन्न उपकरण सञ्चालन हुन सकेका थिएनन् । विद्युत् प्रवाह हुन थालेपछि अस्पतालको सेवामा सहज हुने विश्वास लिइएको छ ।    

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *