गुराँस लाइफले दियो २१ लाख रुपैयाँ बीमा दावी भुक्तानी
काठमाडौं । गुराँस लाईफ इन्स्योरेन्स कम्पनि लिमिटेडले २१ लाख रुपैयाँको बीमा दावी भुक्तानी दिएको छ । कम्पनीको क्षेत्रीय कार्यालय पोखराले आफ्ना बिमित पोखरा महानगरपालिका पोखरा १५ बस्ने राजु गुरुङ भन्ने यम प्रसाद गुरुङको उपचारका क्रममा निधन भएपछि मृतकको परिवारलाई २१, लाख दुई हजार रुपैयाँको चेक रकम वीमीत हस्तान्तरण गरेको हो । कम्पनिको क्षेत्रीय कार्यालय पोखरामा २०७८ साल भदौ ३० गते रु २० लाख बिमाङ्कको मृतक गुरुङले जीवन बिमा गरेका थिए । मृतक गुरुङको श्रीमती मोतिमाया गुरुङलाई कम्पनीका क्षेत्रीय प्रमुख हरि शर्मा पौडेल एवं बरिष्ठ क्षेत्रीय मार्केटिङ अधिकृत श्याम प्रसाद तिमिलसिनाले सयुक्त रुपमा हस्तान्तरण गरे ।
उक्त कार्यक्रममा बोल्दै क्षेत्रिय प्रमुख हरि शर्मा पौडेलले एक बत्तीले लाख बत्ती बाले जस्तै हरेक घरमा अभिकर्ताले जीबन बीमाको दियो बाल्नुपर्ने बताए । बरिष्ठ क्षेत्रीय मार्केटिङ अधिकृत श्याम प्रसाद तिमिल्सेनाले जीबन बीमाले ब्यक्तिनै फिर्ता ल्याउन नसकेपनि उसको आम्दानीलाई बचाइ राख्न जीबन बीमामा लगानी गर्नुपर्ने कुरामा जोड दिए ।उक्त कार्यक्रममा कम्पनीका बरिस्ठ मार्केटिङ अधिकृत प्रकाश रेग्मी, अन्डरराईटिङ्ग बिभागमा कार्यरत यमुना श्रेष्ठ, देबेन्द्र अधिकारी, त्यसैगरी सिनियर एजेन्सी मेनेजर कृष्ण बहादुर भट्टराई, सिनियर एजेन्सी मेनेजर लक्ष्मण भट्टराई, एजेन्सी मेनेजर बिनिता सुबेदी भण्डारी, एजेन्सी मेनेजर सुरेन्द्र मोहन अधिकारी, एजेन्सी मेनेजर गणेश कुमार श्रेष्ठ, साथै अभिकर्ता गौमती गुरुङ, अभिकर्ता शान्ता खाँण लगायतको उपस्थिति रहेको थियो ।