ग्लोबल आईएमई बैंकले कमायो ५ अर्ब बढी नाफा


काठमाडौं । ग्लोवल आईएमई बैंकले गत आर्थिक वर्षमा ५ अर्ब १८ करोड वितरण योग्य नाफा गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा २५ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक गर्षको तुलनामा बैंकले ९२ करोड रुपैयाँ नाफा बढाएको हो नाफा वृद्धिसँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ । अघिल्लो वर्ष प्रतिशेयर आम्दानी १९ रुपैयाँ २५ पैसा भएकोमा यस पटक बैंकको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ८८ पैसा भएको छ । पीई रेसियो ११.४९ प्रतिशत छ भने प्रतिसशेयर नेटवर्थ पनि बढेर १५६.११ रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकको प्रतिशेयर नेटवर्थ १५१.११ रुपैयाँ थियो । बैंकको चुक्ता पुँजी २३ अर्ब ७९ करोड रुपैयाँ छ । कुल पूँजी कोष ३७ अर्ब ७८ करोड रुपैयाँ छ । असार मसान्तमा बैंकको वासलात ३ खर्ब ६५ अर्ब ७८ करोड रुपैयाँ भएको छ । असार मसान्तमा बैंकले सर्वसाधारणबाट २ खर्ब ७७ अर्ब निक्षेप परिचालन गरेको छ । यो रकम अघिल्लो वर्षको तुलनामा ९ अर्ब रुपैयाँ बढी हो । त्यस्तै, कर्जा २ खर्ब ५८ अर्ब रुपैयाँ परिचालन गरेको छ । यो रकम अघिल्लो वर्षको तुलनामा ३० अर्ब रुपैयाँले बढी हो । बैंकले विभिन्न कम्पनीको शेयरमा ४७ अर्ब रुपैयाँ लगानी गरेको छ । बैंकको खराव कर्जा घटेर १ दशलवम २२ प्रतिशतमा सीमित भएको छ । आर्थिक मन्दी, तरलता संकटको समयमा बैंकको कर्जा असुली प्रभावित हुने अनुमान भैरहेको बेलामा ग्लोवल आईएमई बैंकले कर्जा असुली चुस्त बनाउको देखिएको छ । सीडी रेसियो ८९ दशमलव २१ प्रतिशत छ । राष्ट्र बैंकले सीडी रेसियो ९० प्रतिशत भन्दा कम सीमामा राख्नु पर्ने नियम बनाएको छ । बैंकको वेसरेट भने ह्वातै बढेको छ । गत वर्ष ६.६० प्रतिशत रहेको बेस रेट अहिले ९.४० प्रतिशत भएको छ । यसले कर्जाको व्याजदर वृद्धि गर्ने संकेत गर्दछ । बैंकको स्प्रेड दर ३.६५ प्रतिशतबाट बढेर ४.२६ प्रतिशत पुगेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *