आइएमई ईलेक्ट्रिकले ललितपुर महानगरलाई राफ्ट स्कूटर


काठमाडौं । आइएमई ग्रूप अन्तर्गत संचालित आइएमई ईलेक्ट्रिकले ललितपुर महानगरपलिका लाई ५ वटा राफ्ट ईलेक्ट्रिक स्कूटर हस्तान्तरण गरेका छ । ललितपुरमा एक कार्यक्रममा आयोजना गरी कम्पनीले ललितपुर महानगरपलिकालाई स्कूटर हस्तान्तरण गरेका हो । आइएमई इेलेक्ट्रिक नेपालको लागि राफ्ट इेलेक्ट्रिक स्कूटरहरु आधिकारिक विक्रेता हो । नगरपालिकालाई हस्तान्तरण गरिएको राफ्ट वारिअर भारतमा उत्पादन भएको हो ।
यो स्कुटर एक पटक फुल चार्जे गर्दा १०० कि मि रेन्जसम्म गुड्न सक्ने कम्पनीले जनाएको छ । नगर प्रमुख चिरिबाबु महर्जनले नगर सुरक्षालाई व्यवस्थित गर्न र प्रभावकारी कार्य गर्न नगर प्रहरीलाई यस स्कूटर सुविधा हुने बताए । यस्तै,नगर प्रहरी प्रमुख सिताराम हाछेथुले भने क्विक रेसपोन्स टिमले सो स्कूटरहरुलाई प्रयोग गर्ने र निरन्तर नगर व्यवस्थापनमा खटिन मद्दत पुग्ने बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *