एनएलजी इन्स्योरेन्स र ओएसआर फिन्टेकबीच समझदारी
काठमाडौँ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड र बिमा एग्रेगेटर ओएसआर फिन्टेकबीच एक समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको छ । एमओयूमा एनएलजीका प्रमुख कार्यकारी अधिकृत सुनिलबल्लभ पन्त र ओएसआर फिन्टेकका अध्यक्ष राजेन्द्र अर्यालले हस्ताक्षर गरेका छन् ।
समझदारी अनुसार ओएसआर फिन्टेकले इन्स्योरेन्स एग्रेगेटरका रूपमा एनलएलजीको बिमा प्रडक्टहरुका लागि विद्युतीय प्लेटफर्म उपलब्ध गराउनुका साथै बिमा ब्रोकरको रूपमा उक्त कम्पनीको प्रडक्टहरूको मार्केटिङ गर्नेछ । एग्रेगेटर सेवाका लागि फिन्टेकले बिमामार्केट डट कम नामको वेबसाइट सुरु गर्दै छ । समझदारीअनुसार एग्रेगेटरले एनएलजीलाई एपीआई लिंक गर्दै रियल टाइम बाइङ सलुसन प्रदान गर्नेछ ।
त्यसैगरी एलजीका पोलिसीहरुको खरिद बिक्रीको समीक्षाका लागि डेडिकेटेड पोर्टल उपलब्ध गराउनेछ ओएसआरले बिक्री भएका सबै पोलिसीको रियल टाइम ट्र्याकिङ, पोलिसी नवीकरणसम्बन्धी नोटिफिकेसन, ग्राहकलाई बिमा दाबी र एलएलजीका पोलिसी खरिदमा सहयोग पनि गर्नेछ । समझदारी पत्र हस्ताक्षर कार्यक्रममा ओएसआर फिन्टेकका प्रमुख कार्यकारी अधिकृत निखिलराज बंका पनि उपस्थित थिए ।