पानीमा पनि राजनिति


काठमाडौँ । काठ्माडौँमा नेपालको आधाभन्दा बढी जनसङ्ख्याहरु बसोबास गर्छन् । मानिसहरु विभिन्न सेवासुविधाको खोजीमा काठ्माडौँमा आफ्नो बासस्थान स्थापना गर्न आउँछन् । काठ्माडौँ हरेक सुविधामा सम्पन्न रहेता पनि यँहा पानीको समस्या धेरै नै रहेको छ । पानी मानिसको त्यो आवश्यकता हो जुन बिना बाँच्ने कल्पना पनि गर्न सक्दिैँन । मानिसलाई जन्मिएदेखि मृत्युसम्म नै पानीको आवश्यकता पर्छ । मानिस नै होस् या जीवजन्तुहरु पानीबिना आफ्नो जीवनयापन गर्न सक्दैनन् । मानिसलाई खानेदेखि हरेक कुरामा पानीको आवश्यकता पर्छ । पानी मानिस र जीवजन्तुहरुको त्यो आवश्यकता हो जुनबिना बाँच्न र केही काम गर्ने सक्दिैँन । तर पछिल्लो समयमा त नेपालमा पानीमाथि नै राजनिति र व्यापार भइरहेको छ ।

केहि समयअघि वा ४० वर्ष अघि उपत्यका भित्रका खोलाहरुमा बग्ने पानी राम्रो र स्वच्छ थियो । ।त्यो पानी खान देखि लिएर हरेक काम गर्नका लागि उचित थियो । त्यस्तै गरी उपत्यकाबाहिर रहेका खोला ,नदीनाला, कुवा, कोसी, ताल, पोखरी आदिमा बग्ने पानी पनि एकदम स्वच्छ र राम्रो थियो । पानीका स्रोतहरुमा फोहोरमैला पनि मिसाएको हुदैँन थियो र पानी स्वास्थ्ययोग्य हुने गर्दथ्यो । त्यस बेला मानिसहरु पानीलाई गंगाजलको नाम दिने गर्थे ।

काठ्माडौँ नै होस् या कुनै जिल्लाको सदरमुकाममा ५ दर्शकअघि सम्म जनसङ्ख्या निकै कम मात्र हुने गर्थे । त्यससमयमा धेरै खेतीयोग्य जमिन , खुल्ला वातावरण, स्वच्छ हावापनी इत्यादि रहेको थियो । साथै जमिनभित्रबाट मूल फुटेर पानी धेरै नै बाहिर निस्कने पनि गर्दथ्यो । ढुङ्गेधारा, कुवा, तालपोखरी, आलहरु पनि धेरै नै रहेकाले त्यस समयमा मानिसहरुलाई पानीको समस्या थिएन ।

मानिसहरु त्यससमयमा आफैँ ढुङ्गेधारा, मन्दिर, पार्टीपौवा,चौतारहरु निर्माण गर्ने गर्थे र उनीहरु धर्म हुन्छ भनेर वरपिपलहरु रोेपने पनि गर्थे । मानिसहरु त्यससमयमा आफूलाई दुःख भए अरुलाई वा आफ्नो भावीपुस्तालाई सुःख दिन चाहन्थे । मानिसहरु त्यससमयमा निकै सहयोगी भावनाका हुने गर्थे । अरुलाई दुःख र सुखमा हाँसिहाँसि साथ दिने भावनाका हुने गर्थे । तर अहिले प्रविधिसँगै मानिसहरुको व्यवहारमा पनि परिवर्तन आइसकेको छ । अहिले मानिसहरु दुःखमा आतिने र सुखमा मातिने खालका छन् ।
त्यस समय र अहिलेको मानिसहरुबिच निकै धेरै भिन्नता पाइन्छ । पहिले मानिसहरु सहयोगी भावनाका थिए भनी अहिलेका मानिसहरु कसैले पानी माग्दा पनि नदिने व्यवहारका छन् । पहिलाका मानिसहरुको मनमा मानवता थियो जसले गर्दा उनीहरु सहयोगी भावनाका थिए तर अहिलेका मानिसहरुमा मानवता एक रुपैँयाको पनि छैन । अहिले मानिसहरु कोही पाँचदिनदेखि भोकै छ भनी नि उसलाई केही दिने गर्दैनन्

मानिसहरु अहिले अरुलाई देखाउनका लागि ठुल्ठुल्ला भोजहरु लगाउँछन् र खानेकुराहरु भाडाको भाडा फाल्ने गर्छन् तर दुःखी ,गरिबलाई केही पनि दिदैँनन् । मानिसहरुले जमिन भित्रबाट मूल फुटेर पानीबाहिर आउने ठाँउमा सबै घर र बाटो बनाए । ढुङ्गेधारा देखि पार्टीपौवासम्म सबै मासेर घर निर्माण गरे । त्यस्तै गरी खोला,नदीनाला,तालपोखरी, कोसी आदिमा बग्ने पानीमा पनि ढल तथा फोहोर मिलाएर प्रदूषित बनाए । घर र बाटोका कारण अकाशबाट परेको पानी जमिनमा जान पाइन ।

यसरी आकाशबाट परेको पानी जमिनभित्र जान नपाउँदा जमिन पनि सुख्या हुदैँ गइरहेको छ । इनार, ढुङ्गेधारा आदिमा आउने पानी पनि सबै सुकिसकेको छ । यसरी मूलबाट नै पानी आउन छोडेपछि पानीको हाकार प्रत्येक दिन बढिरहेको छ । यहँी मौका छोपेर पानी व्यापारीहरुले विभिन्न नामको कम्पनी स्थापना गरे ।यस्ता कम्पनीहरुले जमिनभित्रको पानी बोङ्गि गरेर वा खोलाहरुको फोहोर पानी बोतल वा जारमा भरेर महंगो मूल्यमा बेचिरहेका छन् । यस्ता कम्पनीहरुले मानिसको स्वास्थ्यमा हानि पुप्याउने पानीलाई खानयोग्य छ भनेर बोतल तथा जारहरुमा भरेर बजारमा बेचिरहेका छन् ।

त्यस्तै गरी एक वोतल पानीको २५ देखि ३० रुपैँया र एक जार पानीको ५० देखि ८०सम्म लिइन्छ । त्यहँी पनि व्यापारी नै पिछे भाउ फरक फरक पाइन्छ । पानी बोक्ने ट्यान्करले त्यँही खोलाको फोहोर वा बोङ्गि गरेको पानी भरेर ल्याउँछ । एक टयांकर पानीको टयांकर अनुसार २००० हजारदेखि ५००० हजारसम्म लिने गरिन्छ । तर पानी किन्ने धनीलाई यो पानी सस्तो हो या महंगो हो भनेर थाहा छैन ।

पानीमा सरकारले मूल्यनिर्धारण गरेको छैन । पानी कम्पनी र ट्यान्कर व्यवसायहरुले आफूखुसी भाउ राखेर महंगोमा पानी बेची जनता ठगीरहेका छन् । साथै यस्ता व्यवसायहरुले सरकारलाई राजस्व पनि तिर्दैनन् । कुचिएको वा फोहोर जारमा यस्ता व्यापारीहरुले महंगो रेटमा जनतालाई पानी बिक्री गरिरहेका छन् । पानी व्यापारीहरुले आफू कमाउन वा धनी हुन जनताको शरीरमाथि खेलबाड गरिरहेका छन् ।

यसरी जार तथा बोतलको पानी किनेर खाँदा कतिपय मानिसहरुलाई झाडापखाला तथा अन्य रोगहरुलाग्ने समस्याहरु देखा परिरहेको छ । सरकारले पनि त्यस्ता पानी व्यवसायहरुलाई अनुगमन गरी कारबाही गर्दैन बरु पानी व्यवसायसँग घुस खाएर बस्छ । पानी व्यापारीहरुले राजनीतिक दललाई चन्दा दिएर सदस्य लिएर जनताको स्वास्थ्यमाथि असर पुप्याइ रहेका छन् ।

पानीजस्तो महत्तवपूर्ण चिजमा सरकारले केही व्यक्तिहरुलाई व्यवसाय गर्ने दिँदा जनताको स्वास्थ्यमाथि दीर्घकालिन रोग देखा पर्ने समस्या आउन थालेको छ । अब सरकारले आफ्नो आँखा खोल्न आवश्यक भइसकेको छ । बजारमा जार र मिनी वाटरको नाममा बेचिने पानीहरुमा सबै फोहोर रहेका छन् । ती पानीहरु ध्मिलो र खानायोग्य रहेको छैन । मिनी वाटर तथा जारभित्र रहेको पानीमा कति फोहोर छ भनेर बाहिरबाट नै थाहा पाउन सकिन्छ ।

यसरी यस्तो फोहोर पानी पनि महंगो मूल्यमा किनेर खानुपर्ने बाध्यता जनतालाई रहेको छ । खुल्ला ठाँउ तथा ढुङ्गेधाराहरु नरहेकाले पानीको स्रोत कतै छैन जसले गर्दा बाटोमा हिड्दा तिखा लागेमा पनि पानी खान पाइदैँन । भएका सबै पानीका स्रोतहरुमा मानिसहरुले नै फोहोर तथा ढल मिसाएका छन् । बाटोमा हिड्दा तिखा लागेमा पैसा हुनेले त मिनी वाटर किनेर खान्छन् तर पैसा नहुनेले पानी पनि खान पाउदैँनन् ।
पानीका सबै स्रोतहरु मासिएको वा सुकेको कारणले गर्दा चराचुरुङगी , गाईवस्तु तथा जनावरहरुले पनि जति नै तिखा लागे पनि पानी खान पाउदैँनन् । उपत्यकाभित्र ६३४ ओटा ढुङ्गेधाराहरु थिए तर ती सबै मासेर घर तथा बाटो निमार्ण गरिएको छ भनी रहेकोमा पानी आउदैँन । वडाध्यक्ष र मेयरहरुले पहिलाका ढुङ्गेधारा,पार्टीपौवा, चौतरा, कुँवा, तालपोखरी आदिको खोजी गरी पहिला कै स्वरुप्मा ल्याउने कुनै विचार गर्दैनन् । आफ्ना वडामा कतिओटा यस्ता सार्वजनिक सम्पत्तिहरु थिए बनेर खोजी गरेर यिनीहरुको विकास गर्ने हो भनी यिनी वस्तुहरुको विकास हुदैँन थियो होला र ।

अहिले पानी नभएर मानिसहरुलाई जीवनयापन गर्न निकै कठिन भइरहेको छ । अकाशबाट परेको पानी जमिनभित्र जान नपाउँदा बाटोदेखि घरसम्म डुबानमा परेको छ । गाउँदेखि सहरसम्म जताततै घर नै घर बनेको छ । पछिल्लो समय मानिसहरु घर बनाउने अनि भाडामा लगाउने काममा बढी संलग्न रहेका छन् । त्यसैगरी घरधनीहरु घर भाडामा त लगाउने तर भाडाबस्नेलाई न पानी नै दिने न कुनै सेवासुविधा नै दिने गर्दछन् ।

अहिले काठ्माडौँ देखि लिएर हरेक क्षेत्रका मानिसहरु पानी नपाएर पीडित भएका छन् मानिसहरु अहिले पानी किनेर खानेदेखि घरायसी काममा प्रयोजन गर्ने गर्दछन् । तर घरधनीहरुले कोठा भाडामा लगाईपछि पानी त दिनु पर्ने हो नि त । घरधनीलाई घरभाडा भन्दा पनि बढी त पानी किन्दा नै बढी पैसा तिर्नुपर्ने बाध्यता अहिले हरेक ठाँउको डेरावालको पहिले समस्याका रुपमा देखिन्छ ।
यसरी घरधनीहरु डेरामा बस्नेलाई पानी चाहिँ नदिने तर पैसा भनी चाहिँ महिनामहिनामा लिने गर्दछन् । घरधनीहरुले एउटा कोठाको एक महिनाको भाडा ५००० देखि १२००० हजारसम्म लिने गर्दछन् । घरधनीहरु पनि डेरावाललाई लुट्ने गर्छन् र पानी व्यापारीहरु पनि महंगोमा गुणस्तरहीन पानी बिक्री गरेर डेरामा बस्नेलाई लुट्ने गर्दछन् । खानेपानी मन्त्रालय तथा खानेपानी विभाग पानी व्यापारीसँग कमिशन खाएर अहिले पनि मेलम्चीको पानी काठ्माडौँ ल्याउदैँन । मेलम्चीको पानी काठ्माडौँ आँउदा व्यापारीलाई घाटा हुन्छ भनेर खानेपानी मन्त्रीलाई व्यापारीले अर्बौ रुपैँया घुस दिएको सुनिन्छ । त्यसैले गर्दा अहिले पनि मेलम्चीको पानी काठ्माडौँमा आउन सकेको छैन ।

यता जनता भनी गुणस्तरहीन तथा प्रदूषित पानी पिउनका लागि बाध्य रहेका छन् । भनी उता व्यापारी कमाउनमा नै व्यस्त रहेका छन् । के यिनीहरुले पानी जस्तो संवेदनशील चिजमा पनि राजनीति गर्न मिल्छ । अबदेखि पैसा हुनेले मात्र पानी खान पाउन्छन् र पैसा नहुनेले पानी नै नखाई मर्नु पर्ने दिन आइसकेको छ । पानी अहिले सेवा होइन व्यापारको रुपमा प्रयोग भइरहेको छ । सरकारले पानी त जनतालाई निःशुल्क दिन सक्दैँन भनी देशमा कसरी विकास गर्छ ।

हामी जनताहरु पनि राजनीतिक दलहरुको झूठो भाषणा र पानी व्यापारीको ठगीधन्दाको बारे विरोध गर्न सक्दैनौँ । अब जनतामा कहिले चेतना आउने हो र कहिलेसम्म सहेर बस्ने हो । अब पनि बोल्ने बेला आएको छैन् र । अझै पनि पानी व्यापारीहरुको यस्तो लुट र ठगको विरोधमा सञ्चारकर्मीहरुले कलम चलाउनुपर्ने दिन आएको छैन । के सरकारभन्दा ठुलो पानी व्यवसायीहरु हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *