पत्रकार महासङ्घ काठमाडौँलाई तीन लाख सहयोग


काठमाडौँ । दिवङ्गत पत्रकार एमडी कुलुङको परिवारले नेपाल पत्रकार महासङ्घ, काठमाडौँ शाखालाई रु तीन लाख सहयोग गरेको छ ।

विभिन्न देशमा रहेका नेपालीबाट आर्थिक सहयोग सङ्कलन गरी दिवङ्गत पत्रकार मुलुङको नामबाट महासङ्घलाई चेक हस्तान्तरण गरिएको पत्रकार महासङ्घ काठमाडौँ शाखाका अध्यक्ष सूर्य सुवेदीले जानकारी दिएका छन् । सो रकम अक्षय कोषमा राखी एमडी कुलुङ स्मृति पत्रकारिता पुरस्कार नामकरण गरी वार्षिक तीन पत्रकार (एक फोटो पत्रकार र दुई खोजमूलक पत्रकारिता गर्ने पत्रकार)लाई हरेक वर्ष पुरस्कार वितरण गरिने उनले बताए ।

निश्चित मापदण्ड बनाएर निष्पक्षरुपमा पुरस्कार प्रदान गरिने अध्यक्ष सुवेदीले जानकारी दिएका छन् । दिवङ्गत पत्रकार कुलुङकी श्रीमती विष्णुकुमारी लिम्बू, पूर्वविद्यार्थी नेता थोमस बाँस्तोला र महासङ्घ काठमाडौँ शाखाका पूर्वसचिव भुपराज खड्काको सक्रियतामा सो रकम सङ्कलन गरिएको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *