एनआईबिएल एस क्यापिटलको १० औं बार्षिकोत्सव
काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटल लिमिटेडले मर्चेन्ट बैंकिंग तथा इन्भेष्टमेन्ट बैंकिंग क्षेत्रमा सेवा प्रदान गर्दै १० वर्ष पूरा भएको छ । आफ्नो १० वर्षे सफल कार्यकालमा यस क्यापिटलले १ सय ८८ कम्पनीको आइपिओ तथा विभिन्न कम्पनीको हकप्रद शेयर निष्काशनका लागि निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा समेत कार्य गरेको छ । यस क्यापिटल हाल ५१ कम्पनीको शेयर रजिष्ट्रारको रुपमा समेत कार्यरत छ ।
क्याप्टिल, योजना व्यवस्थापक रही “एनआईबिएलम्युचुअल फण्ड“ अन्र्तगत तीनवटा बन्दमुखी र एक खुलामुखी म्युचुअलफण्ड योजनाहरू सञ्चालनमा ल्याइसकेको छ । जस मध्ये एनआईबिएल समृद्धि फण्ड–१परिपक्क भई आफ्नो इकाई धनीहरुलाई रकम समेत फिर्ता गरिसकेको छ । साथै नयाँ बन्दमुखी योजना एनआईबिएल ग्रोथ फण्ड नेपाल धितोपत्र बोर्डमा पेश भई प्रारम्भिक समीक्षाको चरणमा रहेको छ ।
कम्पनीले ७ सय भन्दा बढि लगानीकर्तालाई लगानी व्यवस्थापन सेवा प्रदान गर्दै आइरहेको छ भने आफ्नो संस्थागत परामर्श सेवाअन्तर्गत ३४ कम्पनीलाई सेवा प्रदान गर्दै आइरहेको छ । हालसम्म कम्पनीले ३ लाख ग्राहकवर्गलाई डिम्याट खाता तथा २.२५ लाख ग्राहकवर्गलाई मेरो शेयर सेवा समेत प्रदान गर्दै आइरहेको छ । १० वर्ष पूरा गरेको अवसरमा यस क्यापिटलले प्रदान गर्दै आइरहेको सेवाहरुमा विशेष छुटका साथै ग्राहकवर्गलाइ लक्षित गरी योजनाहरु ल्याएको छ । डिम्याटको वार्षिक नविकरण शुल्कमा १० वर्षको अग्रिम भुक्तानीमा थप १० वर्ष निशुल्क नविकरण, १० मा मार्केट एक्सपर्ट ब्यवस्थित लगानी योजना सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान्ट (SIP) को धन्यवाद अफर लगानीकर्ताहरुमध्ये बाट १० जना भाग्यशालीलाई १० हजार बराबरको इकाई प्रदान गरिने र यो भाग्यशाली विजेताहरुको छनोट गोलाप्रथाद्वारा फेशबुक लाईफ मार्फत गरिने , सिआइपीमा दर्ता हुने बालबालिकालाई आकर्षक उपहार प्रदान गरिने यो योजना २०७९ साल श्रावण १५ गते देखि २०७९ साल श्रावण २५गते सम्मको लागि लागु हुने यस क्यापिटलले जनाईएको छ ।