हिमालयन बैंकको काउन्टर कान्ति बाल अस्पतालमा


काठमाडौं । हिमालयन बैंकले महाराजगंजस्थित कान्ति बाल अस्पतालमा नगद संकलन काउन्टर संचालनमा ल्याएको छ । बैंक र अस्पतालले एक समारोहकाबीच नगद संकलन काउन्टर संचालन गर्ने सम्झौता गरेको हो ।
नगद संकलन काउन्टर संचालनमा ल्याउने सम्झौतापत्रमा बैंकका तर्फबाट बैंकका महाप्रबन्धक उज्जल राजभण्डारी र अस्पतालका तर्फबाट अस्पतालका निर्देशक डा युवानिधि बसौलाले हस्ताक्षर गरेका छन् ।
बैंकले अस्पतालमा उक्त सेवा २४ सै घण्टा प्रदान गर्नेछ । सो काउन्टरमा विभिन्न कार्डहरुबाट पनि भुक्तानी गर्न सकिने छ । बैंकद्वारा प्रदान गरिने उक्त सेवाले अस्पतालमा सेवा लिन आउने बिरामी एवं बिरामीहरुका परिवाररआफन्तजन तथा अस्पतालका कर्मचारीलाई सहजता प्रदान गर्ने बैंकले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *