मुक्तिनाथ विकास बैंकमा खाता खोल्दा १ लाखसम्मको बीमा


काठमाडौं । मुक्तिनाथ विकास बैंकमा खाता खोल्ने नारीहरुले १ लाख रुपैयाँसम्मको बीमा सेवा पाइने छ । बैंकले ‘मुक्तिनाथ तीज विशेष अफर’ योजना अन्तर्गत उक्त सेवा दिन लागेको हो । यो योजना अन्तर्गत भदौ २०७९ भित्र मुक्तिनाथ विकास बैंकमा ‘मुक्तिनाथ महिला पेवा बचत खाता’ खोल्ने नारीले १ लाख रुपैयाँसम्मको चिकित्सा सम्बन्धी बीमा पाउने छन् ।
साथै, निःशुल्क मुक्तिनाथ भिसा डेबिट कार्ड (पहिलो वर्षको लागि), निःशुल्क मोबाइल बैंकिङ्ग (पहिलो वर्षको लागि) र ट्रानक्विलिटी स्पाको विभिन्न सेवामा ५० प्रतिशतसम्म छुट पाउने छन् । यो छुट २०७९ भदौसम्मको लागि मात्र हुने छ ।
यो योजनामा शर्तहरु लागु हुने भएकाले थप जानकारीका लगि बैंकको नजिकैको शाखामा सम्पर्क गर्न समेत कम्पनीले आग्रह गरेको छ । साथै, यो योजनाले नारीहरुलाई फाइदा पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले हाल डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएमबाट निः शुल्क रकम झिक्न सकिने व्यवस्था गरेका बैंकले जनाइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *