महालक्ष्मी विकास बैंकको महालक्ष्मी महा बचत खाता
काठमाडौं । महालक्ष्मी विकास बैंकले उच्चतम व्याजदरको महालक्ष्मी महा बचत खाता सार्वजनिक गरेको छ । यस बचत खातामा बचत खाताहरु मध्ये सबैभन्दा उच्चतम ९ प्रतिशत ब्याजदर, निःशुल्क एटिएम कार्ड तथा मोबाइल बैंकिङ्ग सुविधा प्रदान गरिने बैंकले जनाएको छ ।
बैंकको अनुसार न्यूनतम मौज्दात ५ सय रुपैयाँमै खाता खोल्न सकिने यस बचत खातामा मासिक ब्याज भुक्तानी हुने बैंकले जनाइएको छ । बैंकले देशैभर छरिएर रहेका १०३ शाखाहरु मार्फत यो खाता खोल्न सकिने छ ।