सिटिजन लाइफको ‘सिटिजन लिडर्स नाइट २०२२’ सम्पन्न
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन लिडर्स नाइटको पाचौँ संस्करण सम्पन्न गरेको छ । हरेक व्यक्तिलाई स्वरोजगार बनाउने ‘सिटिजन स्वरोजगार अभियान’ अन्तर्गत देशभरी रहेका ४८ हजार अभिकर्ताहरु मध्ये कार्यक्रममा आर्थिक वर्ष २०७८÷०७९ सालमा उत्कृष्ट कार्य सम्पादन गरी सिटिजन लाइफ इन्स्योरेन्सको कर्पोरेट क्लबमा पर्न सफल २ सय ७६ जना सिटिजन लिडरहरु, उत्कृष्ट १० सिनियर एजेन्सी मेनेजर, १० एजेन्ट र विभिन्न विधाद्वारा चुनिएका उत्कृष्ट शाखाहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा ३ सय ६० सक्रिय सिटिजन लिडरहरुको उपस्थिति रहेको कम्पनीले जनाएको छ ।
कम्पनीका अध्यक्ष प्रदिपजङ्ग पाण्डे र अन्य सञ्चालक समितिका सदस्यहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा मुख्य अतिथि डा. भगवान कोइरालाले आफ्नो जिवनका भोगाइहरु व्यक्त गर्दै मन देखि चाहेको खण्डमा केहि कुरा पनि असम्भव नभएको बताएका थिए । उनले अझै उत्कृष्ट कार्य सम्पादन गर्न सबै लिडरहरुलाई प्रेरित गरेका थिए ।
सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले यस पेशालाई सम्मानित बनाउन र उत्कृष्ट लिडरहरुलाई पुरस्कृत गर्ने कार्यमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी सदैव अग्रीणी रहेको र रहने बताएका थिए । यस्ता कार्यक्रमले व्यवसायिक क्षमता वृद्धिमा थप सहयोग पुग्ने उनको भनाइ थियो ।