शंकर पोखरेलले भने- आगामी निर्वाचन गठबन्धन भर्सेज् बलियो राष्ट्रिय शक्तिबीच

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन गठबन्धन भर्सेज् बलियो राष्ट्रिय शक्तिबीच हुने भएको बताएका छन् । उनले नेकपा एमाले (पार्टी) बलियो राष्ट्रिय शक्ति भएको बताए ।

‘यसपटकको निर्वाचन गठबन्धन भर्सेस बलियो राष्ट्रिय शत्तिको छनौटको रुपमा रहेको छ,’ आज (सोमबार) राजधानीमा आयोजि पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले भने, ‘पाँच दलिय सत्ता गठबन्धनले चुनवामा एक्लाएक्लै प्रतिस्पर्धा गर्ने सामथ्र्य गुमाइसकेको छ । नेकपा एमालेसँग प्रतिस्पर्धा गर्न पाँच दलबाट बाहिरका शक्तिलाई पनि साथमा लिने प्रयास गर्दैछ ।’

आफूहरु एमालेलाई बलियो शक्ति बनाउन जुटेको दाबी उनले गरे । मुलुकका राजनीतिक परिवर्तनको आवश्यकता हुँदा मात्र राजनीतिक दलको सहकार्य अपरीहार्य हुने उनले बताए । ‘जब राष्ट्रको विकास र समृद्धिको प्रश्न आउँछ त्यतिबेला राजनीतिक दलहरुले आफ्नो नीति, विचार, सिद्धान्त र कार्यक्रमको आधारमा जनतामा जाने सामथ्र्य राख्नुपर्छ,’ उनले भने ।

नेपालको पुरानो महत्वपूर्ण राजनीतिक दलको रुपमा रहेको नेपाली कांग्रेसले आज नीतिगत सामथ्र्य गुमाइसको उनले बताए । कांग्रेसले आफ्नो अस्तित्व रक्षा गठबन्धनको माध्यमबाट खोजिरहेको समेत जनाए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *