प्रचण्डको घोषणा- क्रमभंग गर्न चुनावपछि सडकमा जान्छौं 

काठमाडौं । माओवादी केन्द्र अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनपछि क्रमभंग गर्न सडकमा जाने घोषणा गरेका छन् । 

काठमाडौंमा आइतबार मार्क्सवादी ज्ञान केन्द्रले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आगामी निर्वाचनपछि मौजुदा शासन प्रणाली र निर्वाचन प्रणाली परिवर्तन गर्न आफ्नो पार्टी सडकमा जाने घोषणा गरेका हुन् । 

माओवादीले व्यवस्था गरेको समाजवाद प्राप्त गर्न सडकको जानुको विकल्प नरहेको भन्दै उनले यसका लागि आगामी निर्वाचनपछि  सडकमा उत्रिने बताएका हुन् । आफूले परिकल्पना गरेको समाजवादका लागि अहिलेको मेसिनरी बदल्नुपर्ने भन्दै उनले शासन प्रणाली र चुनाव प्रणाली बदल्न जनतामाझ सडकमा जाने बताए । 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *