११ सहकारीबीच मर्जर सम्झौता

काठमाडौं । जिल्लामा रहेका ११ वटा सहकारी संस्थाहरुबीच एकीकरणमा जाने सम्झौता भएको छ । काठमाडौंको न्युरोड स्थित शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्था, बालाजु स्थित मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्था, बागबजार स्थित सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्था, चाबहिल स्थित लक्ष्यराइज बचत तथा ऋण सहकारी संस्था, तारकेश्वर स्थित योजना बहुउद्देश्यीय सहकारी संस्था, कलंकी स्थित उषाकिरण बचत तथा ऋण सहकारी संस्था, हात्तिसार स्थित माउण्ट अपि बचत तथा ऋण सहकारी संस्था, नयाँबानेश्वर स्थित सुर्यदेव बचत तथा ऋण सहकारी संस्था, न्युरोड स्थित हनुमानढोका बहुउद्देश्यीय सहकारी संस्था, न्युरोड कै दुर्गामाश्रिता बचत तथा ऋण सहकारी संस्था र पिपुल श्रोता बहुउद्देश्यीय सहकारी संस्थाले यस्तो सम्झौता गरेका हुन् । एकीकरणपश्चात संस्थाको नाम राष्ट्रिय बहुउद्देश्यीय सहकारी संस्था रहने प्रस्ताव गरिएको छ ।

११ जनाको सञ्चालक समिति, ३ जनाको लेखा सुपरिवेक्षण समिति, अध्यक्षमा नरेन्द्र विष्ट र प्रमुख कार्यकारी अधिकृतमा इन्द्रप्रसाद गेलाल रहने प्रारम्भिक सहमति भएको जनाइएको छ । एकीकरणपछि संस्थाको कुल सदस्य संख्या ४१ हजार सदस्य हुनेछ । संस्थाको सेयर पुँजी ५५.५ करोड, बचत निक्षेप ५ अर्ब ६५ करोड, ऋण लगानी ५ अर्ब ७५ करोड, कुल कोष ३१.५ करोड र कुल सम्पत्ती तथा दायित्व ७ अर्ब ७५ करोड हुनेछ ।

त्यसैगरी कुल कर्मचारी संख्या ५ सय १० जना पुग्नेछ । एकीकरणमा जाने सहकारीहरुले एक महिना भित्र वार्षिक साधारण सभा सम्पन्न गर्ने र त्यसको १५ दिन भित्र एकीकृत साधारण सभा सम्पन्न गर्ने समेत सम्झौता भएको जनाइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *