भृकुटीमण्डपमा नाडा इभी अटो एक्स्पो सुरु


काठमाडौं । भृकुटीमण्डपमा नाडा इभी अटो एक्स्पो सुरु भएको छ । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले ‘नाडा ईभी एक्सपो २०२२’ आयोजना गरेको हो । अर्थमन्त्री जनार्दन शर्माले विद्युतीय सवारी साधनको प्रदर्शनीको उद्घघाटन गर्दै एक्स्पोको सुरुवात भएको हो ।
नाडाले यस पटक विद्युतीय सवारी साधनको मात्रै प्रदर्शनी गरेको छ । एक्सोमा ३० लाखदेखि साढे २ करोड रुपैयाँसम्मका गाडीहरु प्रदर्शनीमा राखिएका छन् । एक्स्पोमा विभिन्न ब्राण्डका चार पांग्रे, एउटा तीन पांग्रे, १६ वटा ब्राण्डका दुई पाँग्रे विद्युतीय सवारीका वितरक कम्पनीहरुले सहभागी जनाएका छन् । आइतबारसम्म चल्ने एक्स्पोमा ४० हजारले अवलोकन गर्ने नाडाको अनुमान छ ।
नाडामा टेस्ला, मोडल वाई स्ट्याण्डर्ड रेन्ज प्लस, मोडल वाई लङ्ग रेन्ज, हुण्डाई, कोना ईभी जीएल , कोना ईभी जीएलएस, आयोनिक ५, टाटा नेक्सन, टाटा, नेक्सन ईभी एक्सजेड प्लस, नेक्सन ईभी एक्सजेड प्लस लक्जरी, दीगा र बीवाईडी लगायतका गाडी प्रदर्शनमा राखिएका छन् ।
टेस्ला
टेस्ला गाडी पनि प्रदर्शनीमा राखिएको छ । टेस्ला गाडीको बिक्रेता अरेटी इन्टरनेशनलले तीन वटा मोडल प्रदर्शनीमा राखेको छ । टेस्लाको मोडल–३, मोडल वाई स्ट्याण्डर्ड रेन्ज प्लस र मोडल वाई लङ्ग रेन्ज प्रदर्शनीमा राखेको छ । कम्पनीले टेस्ला मोडल–३ को १ करोड ५५ लाख, मोडल वाई स्ट्याण्डर्ड रेन्ज प्लसको २ करोड १५ लाख र मोडल वाई लङ्ग रेन्जको २ करोड ४० लाख रुपैयाँ मूल्य तोकेको छ ।
हुण्डाई
हुण्डाईले पनि एक्स्पोमा तीन वटा मोडल प्रदर्शनीमा राखेको छ । हुन्डाइ गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले कोना ईभी जीएल, कोना ईभी जीएलएस र आयोनिक ५ प्रदर्शनीमा राखेको छ । यी गाडीहरुको मूल्य क्रमशः ६० लाख ५६ हजार, ६२ लाख ९६ हजार र १ करोड १६ लाख ९६ हजार रुपैयाँ तोकेको छ ।
टाटा
टाटाले विभिन्न ७ मोडलका गाडी प्रदर्शनमा राखेको छ । टिगोर ईभी एक्सएम (मिड अप्सन)को मूल्य ३१ लाख ४९ हजार, टिगोर ईभी एक्सजेड प्लस (फुल अप्सन)को मूल्य ३२ लाख ९९ हजार, नेक्सन ईभी एक्सएमको मूल्य ३७ लाख ९९ हजार, नेक्सन ईभी एक्सजेड प्लसको मूल्य ३९ लाख ९९ हजार, नेक्सन ईभी एक्सजेड प्लस लक्जरी (फुल अप्सन विथ सनरुफ)को मूल्य ४१ लाख ९९ हजार, नेक्सन ईभी जेडएक्स प्लस डार्क एडिसनको मूल्य ४१ लाख ९९ हजार र नेक्सन ईभीएक्स जेड प्लस लक्जरी डार्क एडिसनको मूल्य ४३ लाख ९९ हजार रुपैयाँ तोकेको छ । टाटा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग हो ।
नेटा भी
चौधरी ग्रुप अन्तर्गतको सिजी मोटर्स नेटा गाडीको आधिकारिक बिक्रेता हो । प्रदर्शनमा यसको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *