मुख्यमन्त्री पाण्डेको धादिङ क्षेत्र नं १ बाट प्रनिनिधिसभा सदस्यमा उम्मेदवारी

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रतिनिधिसभा सदस्य पदका लागि धादिङ क्षेत्र नंं १ बाट उम्मेदवारी दिएका छन् । नेकपा (एकीकृत समाजवादी) धादिङका सचिव सुवास खतिवडामार्फत गल्छी गाउँपालिका–६ महादेवस्थनमा मुख्यमन्त्री पाण्डेको मनोनयनपत्र दर्ता गरिएको हो ।

एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्षसमेत रहेका मुख्यमन्त्री पाण्डे सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि धादिङ–१ बाट उम्मेदवार भएका छन् । वि.सं २०४३ मा जनपक्षीय उम्मेदवारका रूपमा धादिङ जिल्ला पञ्चायतको सभापति पदमा विजयी हुनुभएका नेता पाण्डेलाई शासन व्यवस्थाको विरोध गरेवापत तत्कालीन पञ्चायती शासकले पदीय जिम्मेवारीबाट हटाई राजकाज अपराधअन्तर्गत तीन वर्ष जेल सजाय र रु तीन हजार जरिवाना गरेको थियो ।

बहुदलीय व्यवस्था पुनःस्थापनापछि नेता पाण्डे जेलमुक्त भएका छन् । वि.सं २०६४ को निर्वाचनबाहेक २०४८ पछि मुलुकमा सम्पन्न सबै संसदीय निर्वाचनमा धादिङबाट निर्वाचित भई २०६३ मा उनि स्थानीय विकासमन्त्रीसमेत भएका थिए । यसअघि वि.सं २०७४ मा भएको निर्वाचनमा उहाँ धादिङ क्षेत्र नं १ बाट प्रदेशसभा सदस्यमा विजयी भएका छन् । नेकपा (एमाले)बाट विद्रोह गरी गठन भएको नेकपा (एकीकृत समाजवादी)को तर्फबाट उनि बागमती प्रदेशका मुख्यमन्त्री छन् ।

आमा मनमाया पाण्डेको यही असोज १३ गते निधन भएपछि मुख्यमन्त्री पाण्डे हाल काठमाडौँ स्वयम्भूमा किरियाकर्ममा छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *