एनआईसी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकमा केशवप्रसाद लम्साल नियुक्त
राष्ट्रिय वाणिज्य बैंकमा ३० वर्ष लामो अनुभव संगाल्नुभएका केशवप्रसाद लम्साल एनआईसी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकको रुपमा नियुक्त ुभएका छन् । बैंकको सञ्चालक समितिको ५७१ औं बैंठकले उक्त पदमा नियुक्ती गरेको हो । नवनियुक्त सञ्चालक केशवप्रसाद लम्सालूले बैंकका सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवालबाट पद तथा गोपनियताको सपथ ग्रहण समेत लिएका छन् । अर्थशास्त्र एवं बिजनेस एडमिनिस्टे«सनमा स्नातकोत्तरसम्म अध्ययन गरेका राष्ट्रिय वाणिज्य बैंकमा विभिन्न विभागहरुको नेतृत्व सम्हाल्दै नायब प्रमुख कार्यकारी अधिकृत पदबाट अवकाश ुभएका थिए । बैंकको शेयरधनी समूहबाट सञ्चालकको रुपमा नियुक्त भएका अवसरमा केशवप्रसाद लम्सालको सफल कार्यकालको कामना गर्दै सम्पूर्ण बैंक परिवार हार्दिक बधाई ज्ञापन गर्दछ ।