निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुन्छ ः प्रधानमन्त्री देउवा


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन भयरहित हुने बताएका छन् ।
बुधबार भक्तपुरमा आयोजित नेपाल सम्वत ११४३ को अवसरमा शुभकामना आदानप्रदान एवं राष्ट्रिय विभूति शंखधर साख्वाको शालिकमा माल्यार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।कार्यक्रममा उनले निर्वाचनलाई सरकारले निष्पक्ष, स्वतन्त्रपूर्ण र भयरहीत वातावरणमा सम्पन्न गर्न सबै प्रबन्ध मिलाइसकेको दाबी गरे । साथै उनले नेपालमा अझै पनि गरिबीको रेखामुनि रहेका आर्थिक विपन्नता भएका नागरिकहरुको ठूलो संख्या रहेको बताए । सो अवसरमा प्रधानमन्त्री देउवाले राष्ट्रिय विभूति शंखधर साख्वाको सालिकमा माल्यार्पण गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *