भाइटीका कस्ले लगाए कस्ले लगाएनन्


राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको तिहारमा भाइटीका लगाइनन् । राष्ट्रपति भण्डारीको माइतीघरमा मरणाशौच परेकाले भाइहरूलाई टीका नलगाइ दिएको राष्ट्रपति कार्यालयले जनाएको छ । उनका तीन जना भाइमध्ये दुई अमेरिका र एक नेपालमै छन् ।
प्रधानमन्त्री देउवाले लगाएनन् भाइटीका
प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको भाइटीका ग्रहण गरेनन् । भ्रातृशोकमा रहेका प्रधानमन्त्री देउवाले भाइटीका नलगाएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । प्रधानमन्त्रीका भाइ प्रेमबहादुर देउवाको निधन भएको एक वर्ष पुगेको छैन । भ्रातृशोकका कारण प्रधानमन्त्री देउवाले यो वर्षको विजयादशमीको टीका पनि लगाएका थिएनन्।


बहिनीहरुको हातबाट ओलीले लगाए भाइटीका
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीहरूको हातबाट भाइटीका लगाएका छन् । बिहीवार भाइटीकाको अवसरमा शुभ साइतमा उनले तीन बहिनीहरू विष्णुमाया ढकाल, कौशल्या कोइराला र विष्णुकुमारी पौडेलको हातबाट भाइटीका लगाएका हुन् ।ओलीले बालकोटमा भाइटीकाको शुभसाइत ११ बजेर ३७ मिनेटमा आफ्ना बहिनीहरूबाट भाइटीका ग्रहण गरे । त्यस अवसरमा उनले बहिनीहरूले दिएका भाइमसला ग्रहण गर्दै बहिनीहरूलाई पनि सप्तरंगी टीका लगाई दिएका थिए । टीका ग्रहणपछि सञ्चारकर्मीहरुसँगको संक्षिप्त प्रतिक्रियाका क्रममा अध्यक्ष ओलीले भाइटीकाले दिदीबहिनीहरुसँग मिल्ने अवसर जुटाएको बताए । उनले हरेक चाडपर्वहरुको महत्व फरकफरक हुने भन्दै चाडपर्वहरुको संरक्षण र संवद्धर्न गर्न जरुरी रहेको बताए ।


अध्यक्ष भट्टराईले लगाए भाइटीका
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईले भाइटीका लगाएका छन् । भाइटीका ग्रहणपछि सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै अध्यक्ष भट्टराईले भाइटीकाले संयुक्त परिवारमा उल्लासमयमा टीका ग्रहण गरेको बताएका हुन् ।उनले लेखेका छन्, ुसंयुक्त परिवारमा उल्लासमय भाइटीका बहिनी पार्वती भट्टराईबाट मैले र भाइले टीकाग्रहण मानुषी, प्रेरणा र अस्मिताद्वारा दाजु र भाइहरू प्रेरित,अनुप र संकल्पलाई भाइटीका ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *