मेरो उम्मेदवारी खारेजी एमालेको पराजित मानसिकताको पराकाष्ठा ः राजु गुरुङ


काठमाडौं । रुपन्देही–२ बाट उम्मेदवारी खारेजीमा परेका नेकपा एकीकृत समाजवादीका नेता राजु गुरुङले आफ्नो उम्मेदवारी जालझेल र षड्यन्त्रपूर्वक खारेज गरेको आरोप लगाएका छन् ।
रुपन्देहीमा सत्तारुढ गठबन्धनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आफ्नो उम्मेदवारी खारेजी नेकपा एमालेको पराजित मानसिकताको पराकाष्ठा भएको टिप्पणी गरे । उनले सर्वोच्च अदालत र निर्वाचन आयोग पार्टी कार्यालय जस्तो बनेको आरोपसमेत लगाए ।जालझेलपूर्ण ढंगबाट, षड्यन्त्रपूर्वक ढंगबाट मेरो उम्मेदवारी खारेज गरिएको छ, तथा हाम्रो गठबन्धनको तर्फबाट उम्मेदवारी खारेज गरिएको छ । म फेरि दोहोर्‍याएर भन्न चाहन्छु, नेकपा एमालेको पराजित मानसिकताको पराकाष्ठा हो
नेता गुरुङले अगाडि भने, ‘आज सर्वोच्च अदालत र निर्वाचन आयोग एउटा पार्टीको पार्टी कार्यालय जस्तो बनेको छ । हिजो बालुवाटार काण्डमा मुछिएका कुमार रेग्मीको इजलासबाट यो निर्णय भएको छ । ब्ल्याक लिस्टमा भएका १५३ उम्मेदवारहरु छन् । जसमध्ये १५२ जना १५२ जना होमिएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *