कामना सेवा बैंकका ग्राहकलाई दराजमा ३ हजारसम्मको छुट
काठमाडौं । कामना सेवा विकास बैंक र दराज केयमुबीच सम्झौता भएको छ । बैंक र दराजबीच बैंकका ग्राहकलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको हो । कामना सेवा विकास बैंकमा खाता रहेका ग्राहकहरुले दराज द्वारा ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा २५ सय रुपैयाँसम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम २० प्रतिशत वा ३ हजार रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् । उक्त छुट प्राप्त गर्नको लागि ग्राहकमहानुभावहरुले आफ्नो कार्ड ई–कमर्सको लागि सक्रिय गर्नु पर्नेछ ।
दराजको ११.११ छुट योजना कार्तिक २५ गतेदेखि लागू हुने बैंकले जनाएको छ ।