सिबिआईएल क्यापिटलको सीइओमा सबिर बादे श्रेष्ठ
काठमाडौं । सिबिआईएल क्यापिटलको प्रमुख कार्यकारी अधिकृतम सबिर बादे श्रेष्ठ नियुक्त भएका छन् । एसिसिए रहेका श्रेष्ठले काठमाडौं विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् । यस अगाडि उनी एनआईबिएल क्यापिटल मार्केट्स २०१३ —२०१५ मा उच्च व्यवस्थापन स्तरमा तथा नबिल इन्भेष्टमेन्ट्स बैंकिङ २०१६—२०२० र मेघा क्यापिटल मार्केट्स २०२०—२०२२ मा प्रमुख कार्यकारी अधिकृतमा कार्यरत थिए । उनीसँग देश तथा विदेशमा गरी १७ वर्ष वित्तीय तथा मर्चेन्ट बैंकिङ क्षेत्रमा कार्य गरेको अनुभव रहेको छ ।