‘बि एण्ड बि हस्पिटल’ २५ वर्षमा


काठमाडौं । ४ दशक अघि देशको सेवा गर्न नेपाल फर्किएका डा. जगदिश लाल बैद्य र डा.अशोक कुमार बास्कोटाले मिलेर खोलेको बि एण्ड बि हस्पिटलले २५ औं वर्ष पूरा गरेको छ । बि एण्ड बि अस्पतालको नाम दुवैको थरबाट राखिएको थियो । बि अर्थात बास्कोटा र बैद्य । अढाई दशकसँगै काम गरेका उनीहरु आ(आफ्नो क्षेत्रमा विशेषज्ञ थिए । डा . जेएलबिले शल्य चिकित्सामा विशेषज्ञ थिए भने डा. एकेबिले बालबालिकाको उपचारमा । गैर सरकारी चिकित्सा सेवाहरु धेरै हदसम्म पृथक क्लिनिकल कार्यको लागि प्रतिबन्धित भएको अवस्थामा २५ वर्ष अघि उनीहरुले अस्पताल संचालनमा ल्याएका थिए । बि एण्ड बि हस्पिटल अब एक बहु–विशेषताले भरिएको अस्पताल बनेको छ । जहाँ विभिन्न प्रकारका उपचार सेवाहरु उपलब्ध छन् । विभिन्न प्रकारका मेडिकल एवं सर्जिकल विषयहरुमा डाक्टरहरुको स्नातकोत्तर प्रशिक्षणले अस्पतालमा निरन्तरता पाइरहेको छ
बि एण्ड बि हस्पिटलका विशेषज्ञ डाक्टरहरुले बनेपा स्थित एचआरडिसि बाल अस्पतालमा आवश्यकता अनुसारका विभिन्न विशेषज्ञ सेवाहरु प्रदान गर्दै आइरहेका छन् र बि एण्ड बि अस्पतालले एचआरडिसिलाई आवश्यक परेको कुनै पनि अतिरिक्त सहयोगहरु प्रदान गर्ने गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *