उद्योग वाणिज्य महासंघले तत्कालका लागि विरोध तथा आन्दोलनका कार्यक्रम स्थगित गर्न आग्रह
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले तत्कालका लागि विरोध तथा आन्दोलनका कार्यक्रम स्थगित गर्न आग्रह गरेको छ । महासंघले बुधबार विज्ञप्ति जारी गर्दै जिल्ला नगर तथा विभिन्न संघहरुलाई तत्कालका लागि विरोधका कार्यक्रम स्थगित गर्न आग्रह गरेको हो ।
‘तरलता व्यवस्थापन, ब्याजदर स्थायित्व र चालु पूँजी कर्जा मार्गदर्शन स्थगनका लागि महासंघका सदस्य जिल्ला,नगर उद्योग वाणिज्य संघहरु एवं वस्तुगत संघहरूले राखेका मागप्रति महासंघ ऐक्यवद्धता पनि जाहेर गर्दछ तर यही मंसिर ४ गते प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचन हुन गैरहेको र लोकतान्त्रिक व्यवस्था एवं खुला बजार अर्थतन्त्रका लागि निर्वाचन महत्वपूर्ण रहेको बिषयलाई मनन गर्दै हाल संचालित विरोधका कार्यक्रम स्थगित गर्न महासंघ सम्पूर्ण प्रदेश च्याप्टर र सदस्य संस्थाहरूलाई आग्रह गर्दछ, साथै निर्वाचन सफल पार्न आ–आप्mनो क्षेत्रबाट सहयोग पु¥याउन पनि महासंघ आग्रह गर्दछ, महासंघको विज्ञप्तिमा उल्लेख छ । महासंघले तरलता अभावका कारण निरन्तर बढिरहेको कर्जाको ब्याजदर स्थायित्व र चालु पूँजी कर्जा मार्गदर्शन स्थगित गर्न नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल सरकार तथा नेपाल राष्ट बैंकसमक्ष जोडदार माग गरेको छ । बजारको न्युन मागका कारण व्यापार व्यवसाय प्रभावित भैरहेका बेला बढेको ब्याजदर र यही कार्तिकबाट केन्द्रिय बैंकले लागू गरेको मार्गदर्शनका कारण निजी क्षेत्र मर्माहत भएको बताएको छ ।
निर्वाचनसम्मको अवधिमा महासंघ नेतृत्व निरन्तर सरकार एवं नेपाल राष्ट्र बैंकसंग सम्वादमा रहने र वार्ता एवं सम्वादका माध्यमबाट निजी क्षेत्रमा परेको समस्या समाधान हुनेमा महासंघ विश्वस्त रहेको विज्ञप्तिमा उल्लेख छ । निर्वाचन पछि पनि सरोकारवाला निकायबाट निजी क्षेत्रका माग सम्बोधन नभएमा महासंघले आर्थिक स्थायित्व एवं निजी क्षेत्रको हक हितका लागि थप कार्यक्रम घोषणा गर्ने बताइएको छ ।