कुमारी बैंक र दराजबीच ११ः११ अभियानको लागि सम्झौता


काठमाडौं । कुमारी बैंक र अनलाइन सपिङ पोर्टल दराज केयमुबीच बैंकमा खाता रहेका ग्राहकहरुलाई दराजको ११ः११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ । यो योजना नोभेम्बर ११ देखि लागू हुनेछ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट डिजिटल बैंकिङका प्रमुख अनिस ताम्राकार र दराजको पेमेन्ट र पार्टनरसिप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका छन् ।यस सम्झौता अनुसार दराजको ११ः११ को अवधिमा अनलाइन सामान खरिद गर्दा कुमारी बैंकको डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा २५ सय रुपैयाँसम्मको छुट र क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम २० प्रतिशत वा ३ हजार रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् । कुमारी बैंकमा खाता रहेका ग्राहकहरुले अभियानको अवधिमा मात्र हुनेछ उल्लेखित छुट पाउनेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *