प्रभु बैंकको भिसा कार्ड भएकाले १८० देशबाट सजिलै खातामा पैसा


काठमाडौं । प्रभु बैंकले अन्तर्राष्ट्रिय रेमिट्यान्स भुक्तानीलाई सहज बनाउने उद्देश्यका साथ भिसा ईन्टरनेशनलसँगको सहकार्यमा भिसा डाइरेक्ट सेवाको शुरुवात गरेको छ । यस सेवा मार्फत् विदेशबाट यस बैंकको भिसा डेबिट कार्डका ग्राहकहरुलाई बिना झण्झट सरल र सजिलै रेमिट्यान्स पठाउन सकिने व्यवस्था मिलाएको छ ।डाइरेक्टमा सहभागी रहेका १८० भन्दा बढी देशहरुबाट नेट बैंकिङ, मोबाइल वा एटिएम मार्फत् यस बैंकद्वारा जारी गरिएको १६ अंकको भिसा कार्ड नं‍म्बरमा विश्वको जुनसुकै स्थानबाट नेपालमा रहेका आफन्तजनहरुलाई सरल, सहज र सुरक्षित तरिकाले चाहेको समयमा नै रकम पठाउन सकिने बैंकले जनाइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *