महालक्ष्मी विकासका ग्राहकलाई विभिन्न संस्थामा छुट


काठमाडौं । महालक्ष्मी विकास बैंकले रेष्टुरेन्ट, आयुर्वेद, श्रृगार, स्वास्थ्य लगायतका क्षेत्रसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ काठमाडौंका विभिन्न स्थानमा अवस्थित संस्थाहरु सँग सम्झौता गरेको छ । सम्झौता पश्चात् बैंकका डेविट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकका ग्राहकहरुले दी हिमालयन ग्रील बाइ बाजेकोका सम्पूर्ण सेवामा १५ प्रतिशत, कुन्दलिनि आयुर्वेदका सेवाहरुमा अधिकतम २०प्रतिशत, सुबाकी ब्यूटी सलुन एण्ड इन्टरप्राइजेजका सेवाहरुमा १० प्रतिशत, अपुलेन्स एस्थटिक्सक सेवाहरुमा १० प्रतिशत र क्रिस्टल डाइग्नोस्टिकका सेवाहरुमा अधिकतम २५प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । उक्त सहकार्यबाट बैंकका डेविट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । साथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षतकार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *