चितवनमा काँग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड

चितवन । चितवन- २ का नेपाली काँग्रेस उम्मेदवार उमेश श्रेष्ठको कार तोडफोड भएको छ । भरतपुरमा बा ३ च २०५० नम्बरको प्राडो कारमा मोटरसाइकलमा आएका व्यक्तिहरुले बुधबार बिहान ११ बजे तोडफोड गरेका हुन् ।

श्रेष्ठ भरतपुरस्थित पुरानो मेडिकल कलेज अगाडि चुनाव प्रचारमा थिए । गाडी रोकेर भेटघाटमा रहेको बेला मोटरसाइकल चढेर आएका समूहले गाडीको सिसा फुटाएको प्रहरीले जनाएको छ ।

तोडफोड गर्ने नेकपा विप्लव समुहका कार्यकर्ता हुने आशंका गरिएको छ । प्रहरीले गाडी तोडफोडमा संलग्नको पहिचान नखुलेको र खोजी गरिरहेको जानकारी दिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *