प्रिमियर इन्स्योरेन्सको २८ प्रतिशत बढ्यो दाबी भुक्तानी
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ४ प्रतिशत घटेर ७ करोड ६९ लाख लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीको खुद बीमा शुल्क १९।२८ प्रतिशत घटेर २० करोड ९७ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २५ करोड ९८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । समिक्षा अवधिमा कम्पनीले ५६ करोड ९८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६१ करोड १८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीको खुद दाबी २८.३४ प्रतिशत बढेर ११ करोड ५९ लाख रुपैयाँ भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९ करोड ३ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।
असोज मसान्तसम्ममामा कम्पनीको चुक्ता पूँजी २ अर्ब ५७ करोड रुपैयाँ, जगेडा कोष ४२ करोड ३५ लाख रुपैयाँ, बीमा कोष ८७ करोड ९३ लाख रुपैयाँ र महाविपत्ती कोष ४ करोड ६६ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीले ५६ करोड ९८ लाख रुपैयाँ कुल व्यापार गरेको छ भने १२ करोड माथि कुल दाबी तिरेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ४० पैसा रहेको छ । प्रतिसेयर नेटवर्थ २ सय ९ रुपैयाँ ९६ पैसा छ भने मूल्य आम्दानी अनुपात २२।६८ गुणा रहेको छ
कम्पनीले ७३ लाख रुपैयाँ अभिकर्तालाई कमिशन दिएको छ । कम्पनीको पुनर्बीमा कमिशनबाट ६ करोड ६० लाख रुपैयाँ, लगानी कर्जा तथा अन्य आम्दानी १ करोड ९९ लाख रुपैयाँ गरेको छ । समिक्षा अवधिमा २ हजार ६२७ दाबी संख्या रहेकोमा ३ अर्ब ६ करोड ४४ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको छ ।