राष्ट्रिय वाणिज्य बैंकको ब्याजदर सार्वजनिक
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा मंसिर १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको हो । बैंकले निक्षेपमा असोज महिनाको ब्याजदरलाई निरन्तरता दिएको छ । बैंकले कात्तिक महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ७.१३३ प्रतिशतदेखि अधिकतम ९.१३३ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ । यस्तै, बैंकले मुद्दति निक्षेपमा संस्थागत तर्फ १०.१३३ प्रतिशत र ब्यक्तिगततर्फ १२.१३३ प्रतिशतसम्म ब्याजदर निर्धार गरेको छ । बैंकले रेमिट्यान्स बचत खातामा १०.३३३ प्रतिशत र मुद्दती खातामा १३.३३३ प्रतिशत ब्याजदर तोकिएको छ ।बैंकले कर्जाको ब्याजदरमा भने बेसरेटमा ६ प्रतिशतसम्म प्रिमियम लिने भएको छ । बैंकले आधार दरमा प्रिमियम जोडेर कर्जाको ब्याजदर कायम गरिनेछ । बैंकको स्थिर ब्याजदर १५।५० प्रतिशतसम्म तोकिएको छ ।
बैंकको आधार दर भने बढेको छ । बैंकको आधार दर ८.३३ प्रतिशत र ब्याजदर अन्तर ४.२६ प्रतिशत रहेको छ । यसअघि गत कात्तिकमा सार्वजनिक गरेको ब्याजदरमा आधार दर ८.२० प्रतिशत तोकिएको थियो । गत महिनाको तुलनामा आधार दर ०.१३ प्रतिशत बढेको हो ।