काठमाडौं क्षेत्र नं. २ का स्वतन्त्र उम्मेदवार ढकालमाथि धम्की

काठमाडौँ । काठमाडौं क्षेत्र नं. २ बाट प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएकी भगवती ढकाललाई केही व्यक्तिले अवाक्षित रुपमा धाकधम्की दिएका छन् । निर्वाचन आयोगको नियम उल्घंन गरी मैन अवधिका वेला अनेक प्रकारका धाकधम्की दिएको ढकालले गुनासो गरेकी छन् ।

लोकतन्त्रकै ध्वजी उड्ने गरी, महिला अधिकार विपरीत र स्वतन्त्र उम्मेदवारी दिन पाउने हक अधिकार बाहिर रही विभिन्न थरीका धाकधम्की दिएको उनले बताएकी छन् । साखुस्थित आज (सनिवार) आएर केही व्यक्तिले उम्मेदवारी खारेज माग्दै डर/त्रास देखाएको उनले काठमाडौँ न्युज डटकमलाई बताएकी छन् ।

‘उम्मेदवारी फिर्ता गर्नुपर्ने र हाम्रो पार्टीको प्रचार प्रसार हिड्नु पर्ने भन्दै सत्ता गठबन्धन पार्टीका कार्यकर्ताले धम्की दिएका छन्’ उनले भनिन् । पहिले नेकपा (माओवादी) पार्टीमा सदस्य रहेको र अहिले स्वतन्त्र उम्मेदवारी दिएको पनि बताएकी छन् । पहिले पार्टीमा हुदाका साथिले आएर धम्क्याएको हुन सक्ने उनको आशंखा रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *