विवाद उत्पन्न भएपछि बाजुराका ७ वटा मतदानस्थलको मतदान स्थगित

धनगढी । बाजुराको ७ वटा मतदानस्थलको मतदान कार्य स्थगित छ । जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीका अनुसार बुढीगंगा नगरपालिका ८ स्थित गिरिखेल्ने प्राथमिक विद्यालय, बुढीनन्दा नगरपालिका ५ र ७, स्वामीकार्तिक ३ र ४, खप्तड छेडेदह गाउँपालिका १ र त्रिवेणी नगरपालिका ७ मा रहेका मतदानस्थलको मतदान रोकिएको छ ।

ती मतदानस्थलमा दलका कार्यकर्ताबीच विवाद उत्पन्न भएपछि कतिपय मतदानस्थलमा सुरक्षकर्मीले हवाई फ़ायर गरेको थियो । बुढीगंगा ८ मतदानस्थल अशान्त भएर मतदानस्थगित भएपछि खटिएका सुरक्षाकर्मीहरु सैनिक सुरक्षामा छन् । मतदान अधिकृत रबीन्द्र शाहले आफुहरु कोठाभित्र सेना र सशस्त्रको सुरक्षामा रहेको बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *